समाचार

अध्यक्ष थापाद्वारा पार्टीको पहिलो केन्द्रीय बैठक आवहान



काठमाडौं ७ फागुन -राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको पहिलो केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । शनिबार औपचारिक रुपमा पार्टी घोषणा भएसँगै आइतबारका लागि थापाले केन्द्रीय समितिको बैठक बोलाउनु भएको हो ।राप्रपा नेपालका नेता लाक्पा तामाङले धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको जानकारी दिनु भयो ।

बैठकमा पार्टीको संगठनात्मक संरचना, आगामी रणनीति, समसामयिक विषय लगायतमा छलफल केन्द्रीत हुने बताइएको छ ।राप्रपा नेपालको केन्द्रीय कमिटी हाल ६१ जनाको रहेको छ । निर्वाचन आयोगले कमल थापाको नेतृत्वमा पार्टी रहेको भनि अध्यावधिक गरिसकेको छ । राप्रपा परित्याग गरेसँगै लाक्पा तामाङले कमल थापालाई नेतृत्व दिनु भएको थियो ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६