काठमाडौँ, १२ कात्तिकः नेपाली चलचित्र होस्टेल–३ ले भारतमा ५१ दिन पूरा गरेको छ । नेपालमा सुरु भएको ‘होस्टेल’ को तेस्रो शृङ्खलाले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबीच पनि लोकप्रियता विस्तार गर्न सफल भएको हो । गत भदौ २० गतेदेखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिङ्क मलमा निरन्तर प्रदर्शन भइरहेको उक्त चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको…