खेलकुद

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल



काठमाडौँ, १३ मंसिर। सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एनआरटीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज ब्रिगेड लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । ब्रिगेड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एनआरटी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । अंक विहीन एनआरटी १२ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र आर्मीबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । मछिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको थियो । मछिन्द्र ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

आर्मी भने पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । आर्मी १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६