कपिलवस्तु, कात्तिक २५ बाणगंगा नगरपालिका–४, ठाकुरापुरस्थित युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित युनाईटेड अस्पताल स्थानीय समुदायको स्वास्थ्य भरोसाको केन्द्र बन्दै गएको छ । सहकारी मूल्य र मान्यतामा आधारित यो अस्पतालले सहज शुल्कमा विशेषज्ञ सेवा उपलब्ध गराउँदै जनताको मन जित्न सफल भएको छ ।दैनिक करिब १०० भन्दा बढी बिरामी उपचारका लागि आउने यो अस्पतालले छोटो अवधिमै…