अर्थ-वाणिज्य

लुम्विनीमा बहालवाला ४ मन्त्रीको क्लिन स्वीप :५ मन्त्रीले जिते चुनाव




रुपन्देही १५ मंसिर । लुम्बिनी प्रदेशबाट संघ तथा प्रदेशका बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा गएपनि ५ जनाले मात्र जित निकाल्नसके । ४ जना संसदबाट बाहिरिए पनि झण्डावाला गाडी भने छाडेका छैनन् । संघका तीन जना तथा प्रदेशका ६ जना मन्त्रीहरू चुनावमा होमिएका थिए ।संघीय सरकारमा रहेका गृहमन्त्री बालकृष्ण खाँण, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा सहरी विकास मन्त्री मेटमणि चौधरी चुनावी मैदानमा रहेपनि चौधरीमात्रै विजयी भए ।गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही क्षेत्र नम्बर ३ बाट मैदानमा थिए । उनी राप्रपाका दीपक बोहोरासँग पराजित भए । सत्तारुढ गठबन्धनसहित नेसपा, लोसपा, जनमुक्तिबाट साझा उम्मेदवार बनेका खाणले ३४,०३६ मत ल्याउँदा एमाले र जसपाको साथ पाएका बोहराले ३६,७१७ मत पाएर गृहमन्त्री खाँणलाई पराजित गरेका हुन् ।
संघीय सरकारमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट एमालेका सूर्यप्रसाद ढकालसँग पराजित भएका छन् । गहतराज २०७४ सालमा बाम गठबन्धनबाट चुनाव जितेका थिए । गहतराजले १९,६३२ मत पाउँदा एमालेका ढकालले २५,०२६ मत ल्याउँदै विजयी भए । गहतराज अहिले सत्ता गठबन्धनको बलमा सोही क्षेत्रबाट मैदानमा गए पनि जनताले पत्याएनन् ।लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले अन्तिम अवस्थामा पार्टी नै छाडेपनि जनताले पत्याएनन् । उम्मेदवारी दर्ता गर्ने दिन जसपा कार्यालयबाट गएका उनी बीच बाटोमै जसपा छाडेर नेपाली काँग्रेस प्रवेश गरेर गठबन्धनको आधिकारिक उम्मेदार बनेपनि यसअघिको जित कायम राख्न सकेनन् ।
कपिलवस्तु १ को १ बाट उम्मेदार भएका उनी फराकिलो मतान्तरमा यसअघिका प्रतिस्पर्धीसँग पराजित भएका हुन् । सो क्षेत्रबाट एमालेका मधुसुदनशरण चौधरी कुर्मीले ११,७४८ मत ल्याउँदा यादवले ९,०६६ मत मात्रै ल्याएका थिए ।लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल नेपाली काँग्रेसबाट बाँके–२(ख) मा प्रदेशसभा सदस्यमा पुनः प्रतिस्पर्धामा थिए तर उनी प्रतिस्पर्धामा समेत आउन नसकेर तेस्रो स्थानमा खुम्चिनुपरेको छ ।जसपाका आदेशकुमार अग्रवालले ८,२४६ मत ल्याउँदा दोस्रो स्थानमा एमालेका निरक गुरुङले ६,७०९ मत पाएका थिए भने हमालले ६,२४७ मत ल्याएर तेस्रो भएका थिए ।
कुन कुन मन्त्रीले जिते चुनाव ?
दाङ १ बाट संघीय सरकारका सहरी विकास मन्त्री मेटमणि चौधरी पुनः निर्वाचित भएका छन् । मेटमणिले २६,५६३ मत ल्याउँदा एमालेका शान्ता चौधरीले २१,४७९ मत ल्याएकी थिइन् ।प्रदेश सरकारमा रहेका शिक्षामन्त्री बसीउद्दिन खाँन, ग्रामीण विकास तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री इन्द्रजित थारू, ऊर्जा तथा सिँचाई मन्त्री वीरबहादुर राना पुनः निर्वाचित भएका छन् ।चुनावमा गएका प्रदेशका ६ जना मन्त्रीमध्ये ४ जनाले चुनाव जितेका हुन् ।
स्वास्थ्य मन्त्री इन्द्रजित थारु दाङ क्षेत्र नम्बर १ को (१)बाट पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली काँग्रेसका तर्फबाट पर्यटन, ग्रामीण विकास तथा सहरी विकास मन्त्री डिल्ली चौधरी दाङ–३ (क) बाट विजयी भएका छन् । यसअघि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।त्यसैगरी शिक्षा मन्त्री बसीउद्दिन खाँनलाई रुपन्देही–४(२) जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले पाल्पा–२(१) बाट निर्वाचित भएका छन् । खान सोही क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका थिए भने राना ०७४ मा समानुपातिकबाट सांसद बनेका थिए ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६