खोज–अनुसन्धान

कपिलवस्तु एमालेको सफलता इतिहास कै उच्च हो :अध्यक्ष शर्मा




पार्वती पाण्डे
कपिलवस्तु १५ मंसिर । नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्मा निर्वाचन पछि विशेष चर्चामा आउनु भएको छ । कपिलवस्तु जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा एमालेबाट विजय भए सँगै नेता शर्मा चर्चामा आउनु भएका हो । निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभामा वलराम अधिकारी र निर्वाचन क्षेत्र नं ३ मा मंगल प्रसाद गुप्ता निर्वाचित हुनु भएको छ । अधिकारीले गठबन्धनका चक्रपाणी खनाल बलदेवलाई पछाडि पार्दै अत्यधिक मतले विजय हासिल गर्नु भएको थियो ।
त्यस्तै गुप्ताले पनि गठबन्धनका अभिषेक प्रताप शाहलाई पछाडि पार्दै जित हासिल गर्नु भएको थियो । त्यस्तै गरि प्रदेश सभामा विष्णु पन्थि , मधुसुदन शरण चौधरी , अर्जुन के.सी. ,नवराज लामिछानेले गठबन्धनलाई पराजित गर्दै जित हासिल गरे सँगै कपिलवस्तुमा एमालेको लाल किल्ला बनाउन सफल भएको भन्दै अध्यक्ष शर्माले यतिबेला धेरैतिरवाट बधाई पाइ रहनु भएको छ । उता क्षेत्र नं २ प्रतिनिधि सभा पनि वृजेश कुमार गुप्ताले झिनो मतान्तरले पराजित हुनु भएको छ । गठबन्धन सबै लाग्दा पनि एमालेले बाजी मार्न सफल भएको भन्दै नेता शर्माको चर्चा भएको हो ।
नेता शर्माले एमाले प्रति जनताको आकर्षण बढेको भन्दै अब यसलाई टिकाई राख्न पाटीले राम्रो काम गर्ने बताउनु भयो । कपिलवस्तुमा पार्टीलाई शिखरमा पुराउन म जस्तै हजारौ कार्यकर्ताको मेहनत र लगानीछ अध्यक्ष शर्माले बुद्ध आवाज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भन्नु भएको छ । निर्वाचनमा पाटीले जारी गरेका प्रतिवद्धता पत्रहरुलाई कार्यान्वय गर्ने , अन्य पाटीका सांसदले भन्दा एमालेका सांसदले नयाँ काम गर्ने बताउनु भयो ।जनताका समस्या र सुख दुःखमा साथ दिने पाटीलाई नै जनताले मन पराउने हुदा सोहि अनुरुप एमाले अगाडि बढ्छ , उहाँले भन्नु भयो ।स्पष्ट भिजन र योजनाका साथ काम गर्दा सफलता नेतृत्वलाई मिल्ने उहाँले जनाउनु भयो । कपिलवस्तुको विकासका लागि एमालेले नयाँ रणनितिका साथ काम गर्नेछ , युवाको मनोभावनालाई वुझेर काम गर्ने छ , नेता शर्माले भन्नु भयो ।
क्षमता अनुसारका महिला पुरुष दुवैलाई विभिन्न जिम्मेवारी प्रदान गर्ने , पाटीप्रति सबैको अनुभुती गराउने , कार्यकर्ताका भावनालाई वुझ्ने अध्यक्ष शर्माले बताउनु भयो । युवाहरुलाई आर्थिक पाटा सँग जोडेर एमाले अगाडि बढ्ने उहाँले बताउनु भयो । पाल्पाको अखिलको राजनीतिवाट उदाएका नेता शर्मा २०४७ सालदेखि निरन्तर एमाले कपिलवस्तुको जिल्ला कमिटीमा विभिन्न पदमा रहेर कृयासिल हुदै आउनु भएको छ ।उहाँ पढेलेखेको विद्धान नेता समेत मानिनु हुन्छ । मानविकी तर्फ समाजशास्त्रमा स्नातकोत्तर र बौद्ध विश्वविद्यालयवाट एमएविएस गरेका शर्मा हाल प्रयोगात्मक बौद्ध शिक्षावाट पिएचडीको अध्ययन गर्दै हुनुहुन्छ । उहाँले दर्जनौ सामाजिक संघ सस्थामा परामर्श दाता र सल्लाहकारको रुपमा भूमिका निर्वाह गरि सक्नु भएको छ ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६