प्रदेश

युनाइटेड स्टुडेन्ट्स एकेडेमीद्धारा विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण



कपिलवस्तु, १० मंसिर ।

बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँमा रहेको युनाइटेड स्टुडेन्ट्स एकेडेमि माध्यमिक विद्यालयले शुक्रवार विद्यालयमा अध्यानरत बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।

विद्यर्थीको स्वास्थ्य अवस्था जानकारी एवं सचेतनाका लागि जय पाथिभरा पोलिक्लिनिक बाणगंगा ७ बनगाईको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको हो ।

मौसमी हावापानि परिवर्तन सङ्गै बालबालिकामा देखिने स्वास्थ्य समस्या समधान, रोग सङ्क्रमण जोखीम न्युनिकरण एवम उमेर वृद्धि सङ्गै बालबालिकामा देखिन सक्ने संवेगात्मक जोखिम, चिन्ता, डिप्रेशन, एक्लोपन, जिद्धिपन, मनोवैज्ञानिक समस्या लगायत समस्या समधानको लागि विद्यालयले स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको हो । उक्त शिविरमा बालबालिकाको ल्याब परिक्षण अन्तर्रगत ब्लड समुह, जनरल स्वास्थ्य चेकजाँच एवम आवश्यक औषधी समेत उपलब्ध गराइएको थियो ।

स्वास्थ्य परिक्षणका क्रममा डाक्टर विजय भुसालले स्वास्थ्य परिक्षण तथा मनोपरामर्श सेवा प्रदान गर्नुभएको थियो । सो शिविरको समन्वय फार्मासिस्ट सागर कुवरले गर्नुभएको थियो भने सन फार्म, लोमस फार्मास्टिकस र एपेक्स फार्मस्टिक्सले निशुल्क औषधी वितरण गरेको थियो ।

प्रकाशित : १० मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६