प्रदेश

दलका नेतृत्वले सोच्नुपर्ने बेला आएको छः प्रचण्ड



गोरखा, ९ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलका नेतृत्वहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

गोरखा २ बाट चुनाव जितेका उनले सदरमुकाम गोरखामा भएको धन्यवाद एवं शुभकामना आदान प्रदान कार्यक्रममा अहिलेको निर्वाचनमा राजनीतिक एजेण्डा र विचारको अवमूल्यन किन भयो भनेर दलहरुले सोच्नुपर्ने बेला आएको बताए ।

‘नेपाली जनताले पाएको लोकतान्त्रिक अधिकार र वडासम्म पुगेको सिंहदरबारको अधिकारलाई उल्ट्याउने कतै न कतैबाट चेष्टा भइरहेको छ, यो निर्वाचनको क्रममा पनि त्यस्ता चेष्टा भएको देखियो,’ उनले भने, ‘कुनै राजनीतिक सिद्धान्त, विचार र एजेण्डामा नभइ आवेगमा आएर भ्रमित पार्ने संकेत देखिएकाले दलका नेतृत्वहरु गम्भिर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’

कसैलाई आलोचना गर्नु र आरोप लगाउनुभन्दा एक पटक आफैं भित्र फर्केर आफ्ना कमजोरी केलाउन दलका नेतृत्वहरुलाई उनले आग्रह गरेका छन् ।

उनले यसपटकको निर्वाचनमा अपेक्षा अनुसारको नजिता आउन नसकेको उनले स्वीकार गरे । ‘परिणात्मक रुपमा गठबन्धन सफल भयो, गोरखामा गठबन्धनका सबै उम्मेदवार विजयी भए तर जस्तो आशा र अपेक्षा थियो त्यो देशभर देखिएन, त्यसका लागी गठबन्धनका दलहरुले केही अभ्यास गर्नुपर्ने भएको छ,’ उनले भने । अनलाईन खबर

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६