खोज–अनुसन्धान

निर्वाचित एमाले उम्मेदवारको मतदातासंग पुनरमिलन कार्यक्रम तय




कपिलवस्तु ८ मंसिर । नेकपा एमाले कपिलवस्तुले बिजयी उम्मेदवारहरुका साथ मतदातासंग पुनरमिलन कार्यक्रम राख्ने भएको छ । परम्परागत शैलीको विजय रयाली नगरी एमाले क्षेत्र नं १ कपिलवस्तुले मतदातालाई उनीहरुकै मुख्य टोलवस्तीमा पुगेर धन्यवाद दिन पुनरमिलन कार्यक्रम राखेको हो । शुक्रवार ठीक विहान १० वजे गजेहडा माविवाट शुरु हुने विजयी उम्मेदवारहरु सहितको रयाली चार नम्वरदेखि चाकडचौडा सम्म गौरा भन्सार देखि दोहनी जहदी जगदिशपुर हुदै बनगाई सम्म पुग्नेछ । उक्त रुटका मतदातासंग विजयी उम्मेदवारको भेटघाट तथा पुनरमिलन कार्यक्रम एमालेले सम्पन्न गर्ने भएको हो ।
यसअघि मतदातासंग भेटेर भोट मागेका एमालेका उम्मेदवार विजयी भएपछि पहिलो पटक मतदातासंग पुनरमिलन कार्यक्रम राखिएको निर्वाचन परिचालन कमिटी क्षेत्र नं १ का संयोजक विश्राम प्रसाद थारुले वताउनु भयो । प्रदेश सभा क्षेत्र १ एकका निर्वाचन परिचालन कमिटी संयोजक भेषराज पाण्डेले शुक्रवार विहान ठीक १० वजेवाट शुरु हुने उम्मेदवार सहितको पुनरमिलन रयालीमा आ आफनै साधनका मध्यमले कार्यकर्ता र शुभेच्छुकलाई सहभागि हुन अनुरोध गर्नु भएको छ ।संयोजक पाण्डेले भन्नु भएको छ जो रयालीमा आउन सक्नु हुन्न तपाईकै वडाको निश्चित स्थानमा आउने विजयी उम्मेदवारसंग आफ्नै गाउठाउमा भेटघाट तथा पुनरमिलन गरि शुभकामना आदान प्रदान र बधाई ज्ञापन गर्नुहुन आग्रह गर्दछौं ।
कपिलवस्तु क्षेत्र नं १ का मुख्य सडक हुदै उत्तरदेखिदक्षिण र दक्षिण देखि उत्तरसम्मको पुनरमिलन रयालीमा प्रतिनिधी सभामा निर्वाचित बलराम अधिकारी ,प्रदेश १(१)मा निर्वाचित बिष्णु पन्थी र प्रदेश १(२)मा निर्वाचित मधुशुधन शरण कुर्मी चौधरी सहित पार्टी नेता कार्यकर्ता सहभागि हुने एमालेका जिल्ला नेता विश्व कार्कीले वताउनु भयो ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६