ब्रेकिंग न्युज

रुपन्देहीका ५ वटै क्षेत्र प्रतिस्पर्धाको रोचक मोडमा : बिष्णु झिनो अन्तर र खाण फराकिलो अन्तरमा पछाडी




रुपन्देही ६ मंसिर । रुपन्देहीका प्रतिनिधिसभाका ५ निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा देखा परेकोछ । अहिलेसम्मको परिणामअनुसार क्षेत्र नं १ र ५ मा एमाले अगाडि छ भने २ मा राष्ट्रिय स्वतन्त्र पार्टी, ३ मा राप्रपा र ४ मा लोसपा अगाडि रहेको छ ।क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा अगाडि छन् । उनको प्रतिस्पर्धामा सत्तारुढ दलका उम्मेदार घनश्याम भुसाल र नागरिक उन्मुक्तिका धनीराम चौधरी छन् । विश्वकर्माले २५३६ मत ल्याउँदा भुसालले १९६४ र चौधरीले १८७५ मत ल्याएका छन् । क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल घण्टी चिन्हका गणेश पौडेलसँग पछाडि छन् ।
पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार १ सय ३४ मत ल्याउँदा पौडेलले ४ हजार ६९ मत ल्याएका छन्। अहिलेसम्म १२ हजार तीन सय मत मात्र गणना भएको छ । रुपन्देही(२ मा ८१ हजार २ सय २ मत खसेको थियो ।रुपन्देहीको क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा दीपक बोहराले ६ हजार ३ सय ७३ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका बालकृष्ण खाणले ५ हजार १ सय २४ मत ल्याएर पछ्याइरहेका छन्।क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् ।
उनले ३९९४ मत ल्याउँदा कांग्रेसका प्रमोद यादवले २७६१ मत ल्याएका छन् भने जनमतका भोपेन्द्र यादवले २११४ मत ल्याएका छन् ।यसैगरी रुपन्देहीको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ एमाले वासुदेव घिमिरेको १० हजार २ सय ५५ मत ल्याएर अग्रता लिइरहँदा कांग्रेसका भरतकुमार शाह ८ हजार २ सय २२ मत ल्याएका छन् ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६