ब्रेकिंग न्युज

जीप दुर्घटनाहुदा बैतडीमा छ जना प्रहरीको ज्यान गयो



बैतडी ।
सोमवार बिहान बैतडीमा भएको जीप दुर्घटनामा छ जना प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन् ।जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेको से १ ज ८५४ नम्बरको जीप दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका- ४ निङ्लाडीमा दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा गोपालबहादुर पाल, भानु विष्ट, अर्जुन कठायत, लोकबहादुर कठायत, टेकेन्द्रसिंह ऐर र आसा धामी रहेका छन् ।घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतकहरुको परिचय खुल्न बाँकी रहेको छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित : ५ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६