खोज–अनुसन्धान

निर्वाचन शान्तिपूर्ण रुपमा हुन सकेन :११ जिल्लाका २४ स्थानमा चल्यो गोली




काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले देशैभरी शान्तिपूर्ण मतदान भइहेको बताइरहँदा ११ जिल्लाको २४ मतदान केन्द्रमा प्रहरीले गोली चलाउनु परेको छ । बिहान ७ बजेबाट जारी निर्वाचनमा देशका अधिकांश ठाउँमा शान्तिपूर्ण रुपमा निर्वाचन भएपनि केही ठाउँमा भने प्रहरीले गोली चलाउन परेको हो।प्रदेश १ को ताप्लेजुङमा एउटा मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ। त्यस्तै, मधेश प्रदेशका २ वटा जिल्लामा गोली चलेको छ। रौतहटको गरुडा र कनकपुर मतदान केन्द्रमा अवस्था असामान्य भएपछि प्रहरीले गोली चलाएको हो। त्यस्तै, सिरहाको मिर्चैया बडहरामाल मतदान केन्द्रमा गोली चलेको छ।त्यस्तै, बागमती प्रदेशको चितवन र दोलखामा गोली चलेको छ।

चितवनको राप्ती नगरपालिकामा विप्लव समूहले बम विस्फोट गराएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको थियो। उता, सधैं निर्वाचनको बेलामा सुरक्षा संवेदनशीलता हुने दोलखामा यो पटक पनि विस्फोटका घटना घटेका छन् ।दोलखाको तामाकोशी गाउँपालिकास्थित गुम्बेश्वर मावि, जिरी नगरपालिकास्थित कालिका मावि, तामाकोशी गाउँपालिकाको अमर मावि, बैतेश्वरको जनज्योति मावि, जफेको कालपानी मावि, सुर्योदय प्रावि भदौरे र कालिञ्चोक गाउँपालिकाको बेगुम्पास्थित वडा कार्यालयको मतदान केन्द्रमा गोली चलेको हो।
गण्डकी प्रदेशको एक जिल्लामा गोली चलेको थियो। स्याङ्जाका २ मतदान केन्द्रमा गोली चलेको प्रहरीले जनाएको छ। चापाकोट नगरपालिका १ स्थित भानु मावि र गल्याङ नगरपालिकास्थित आदर्श माविमा गोली चलेको हो।कर्णाली प्रदेशको हुम्लामा पनि गोली चलेको छ। हुम्लाको देवकोटा आधारभुत विद्यालय र मानधारा मावि भकुण्डामा रहेको मतदान केन्द्रमा गोली चलेको हो।सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा सबैभन्दा बढी गोली चलेको छ। बाजुराका ५ वटा मतदान केन्द्रमा गोली चलेको हो। स्वामि कार्तिक खापर गाउँपालिकाको छेडेदह, कोइलासेवरी आधारभुत विद्यालय, सत्ते मावि पाण्डुसै, धुरालसेन मावि दुगरीमा गोली चलेको हो।त्यस्तै, डोटीको राधाकृष्ण मावि गोपघाटमा पनि गोली चलेको छ। दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्रमा पनि गोली चलेको प्रहरीले जानकारी गराएको छ। प्रहरीका अुनुसार बझाङको मष्टा आधार आधारभुत विद्यालयमा पनि गोली चलेको हो।

प्रकाशित : ४ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६