ब्रेकिंग न्युज

मोरङमा झडप हुँदा तीन जना घाइते



विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–६ स्थित तरुण क्याफे नामक कफी सपमा शुक्रबार साँझ दोहोरो झडप हुँदा तीन जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उर्लाबारी–६ का २९ वर्षीय रजक थापा र उर्लाबारी–४ का ३३ वर्षीय कुमार लिम्बूको समूहबीच साँझ ६:१५ बजेतिर झडप भएको हो। झडपमा परेर उर्लाबारी–४ का २५ वर्षीय गौतम तामाङ, उर्लाबारी–७ का ३२ वर्षीय नितम चौहान र उर्लाबारी–८ का ३२ वर्षीय मिलन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये गौतम तामाङको अवस्था गम्भीर छ। स्थानीय स्वास्थ्य संस्थामा सम्भव नभएपछि उनलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ। अरु दुई जनाको उर्लाबारीमै उपचार भइरहेको छ। डीएसपी श्रेष्ठका अनुसार घाइतेहरु माथि खुकुरी प्रहार भएको छ।घटनामा संलग्न उर्लाबारी–५ का २६ वर्षीय आशाङ तामाङ, कुमार लिम्बू र रजक थापालाई पक्राउ गरिएको श्रेष्ठले बताए। पुरानै रिसईबीका कारण दुई समूहबीच झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : ३ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६