खोज–अनुसन्धान

कपिलवस्तुको प्रदेश १(१)मा परम्परागत प्रचारवाट एमाले मुक्त




कपिलवस्तु २९ कार्तिक । कपिलवस्तुको क्षेत्र नं १मा एमालेको निर्वाचन परिचालन कमिटीले परम्परागत प्रचार शैली पूर्ण रुपमा बदलेकोछ । यहा उम्मेदवारका कुनै फलासवोर्ड सडक र गल्लीमा टागिएका छैनन । पोष्टर समेत टागिएका छैनन। प्रचारको शैली पूर्णत डिजिटलाइज्ड गरिएको छ । हरेक दिन कुनै न कुनै नयाँ डिजाइनमा उम्मेदवारलाई जिताउन अपिल गरिएको छ । अनेकौ प्रकारका चुनावी गितसंगै घरदैलो गरेका भिडियोहरु सार्वजनिक गरिएक छन् । टिकटक फेस बुक र यूटयूव हेर्दा कपिलवस्तुको १(१) एमालेमय बनेको प्रष्टै देख्न सकिन्छ

उम्मेदवारका विभिन्न बायोग्राफी सहितका भिडियो सन्देशहरु मार्फत मतदातको मन तान्ने कोशिस एमालेले गरेको छ । प्रतिनिधी सभा सदस्य बलराम अधिकारी र प्रदेश सभा सदस्य बिष्णु पन्थीका अनेकौ डिजाइनका विज्ञापन सामाग्री टेलिभिजन र रेडियोमा हेर्न र सुन्न सकिन्छ । निर्वाचन परिचालन कमिटी १ का संयोजक विश्राम चौधरीले एमाले परम्परावादी पार्टी नभई आधुनिक र समृद्ध कार्यकर्ताको पार्टी भएकले सोको प्रभाव चुनाव प्रचा रसामाग्रीमा पनि देखिएको वताउनु हुन्छ । हेरौ केहि भिडियो सन्देश युक्त सामाग्रीहरु https://www.facebook.com/balaramadhikarkapilvastu/videos/530217991908600

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६