अर्थ-वाणिज्य

बनगाई-भलवाडको कोइलीमा रोकिएको पुल बनाउन अदालतको आदेश : भोलीवाटै काम शुरु हुने मेयर अर्यालको तर्क




कपिलवस्तु, २३ कार्तिक ।पुनराबेदन अदालत बुटवल इजलाशले पुल बनाउने वाटो खोलीदिएपछि बाणगंगा नगरपालिकाले भोलीवाटै काम सूचारु गर्न निर्माता कम्पनीलाई आदेशदिएको छ । मेयर चक्रपाणी अर्यालले भोलीवाटै काम सूचारु गर्न र छिटो भन्दा छिटो काम सकेर प्रोत्साहन पुरस्कार लिन निर्माता कम्पनीलाई भनेका छौ भन्नु भयो । एकदिनपनि ढिला भई सकेको वताउदै विकास विरोधी तत्वको उस्कावटमा दिइएको रीट खारेज भएपछि नगरपालिका उत्साहित भएको र यस क्षेत्रका नागरिक हर्षित भएको उहाको भनाइछ । रीट खारेजसंगै बाणगंगा नगरपालिकाले बनगाई-भलवाड जोड्ने पुलको निर्माण रोक्न विपक्षीले दिएको मुद्दा जितेको हो ।

बनगाई -भलवाड जोड्ने पुलको निर्माण रोक्न दिएको रिट पुनराबेदन अदालत बुटवलले खारेज गरिदिए पछि नगरले मुद्दा जितेको हो । इजलाश नम्वर १ मा परेको पेसीमाथि न्यायधिश राम प्रसाद ओली र सरला पाण्डेको संयुक्त इजलाशले रीट खारेज गरेको वहशमा सहभागि अधिबक्ता एवम बाणगंगा नगरका कानुनी सल्लाहकार हुमनाथ पाण्डेले जानकारी दिनु भयो ।साविक मोतिपुरका झविन्द्र आचार्यले पुल बन्न टेडर भएपछि उक्त जग्गा आफ्नो ब्यक्तिगत स्वामित्वमा रहेको र क्षेती पूर्ति विना पुल वनाउृदा ब्यक्तिगत रुपमा ठूलो क्षेती पुग्ने भन्दै अदालतमा रीट दायर गरेका थिए ।

४ करोड बढी लागतमा पुल बन्ने गरी लुम्विनी प्रदेश सरकारवाट वजेट परेर टेण्डर भएपछि काम शुरु हुने बेलामा रीट परेपछि अदालतले निर्माणमा रोक लगाएको थियो ।त्यसपछि भएको स्थलगत नापी तथा स्थानीयको सर्जमिन मुचुल्का दुबैले उक्त जम्मा सार्वजनिक नै भएको ठहर भएपछि अदालतले रीट खारेज गर्ने ठहर गरेको हो । यता एकवर्ष देखि निर्माणाधिन पुल अलपत्र परेपछि पटक पटक पेशी चढेपनि विविध कारणले स्थगनमा पर्दै आएको थियो ।सो पुल वनाउन प्रदेश सांसद पन्थीले निकै पहल गरेर वजेट पार्नु भएको थियो ।निर्वतमान सांसद विष्णु पन्थीले यो पुल अर्घाखाँची र कपिलवस्तुकै लागि महत्वको पुल रहेको वताउदै उच्च अदालतको फैसलाले आफू सहित यहाका सबै नागरिक उत्साहित भएको तर्क गर्नु भयो ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६