खोज–अनुसन्धान

उम्मेदवार अधिकारी र पन्थीलाई जहाँ गयो त्यही स्वागत : यस्ता छन् ४ कारण




पार्वती पाण्डे
कपिलवस्तु २३ कात्तिक ।यतिबेला धेरै उम्मेदवारलाई जनताका विचमा जादा जनआक्रोसको सिकार बन्ने अवस्था छ । तर एमालेका उम्मेदवार बलराम अघिकारी र विष्णु पन्थीलाई भने जहाँ गयो त्यही स्वागत हुने गरेको पाइएको छ । त्यसो हुनुमा पहिलो हो मुलुक भर अझ तराईका जिल्लामा एमाले प्रति आएको नयाँ जनलहर , दोश्रो कारण हो जसपासंगको तालमेल , तेश्रो कारण हो सधैभरी जनताका काममा हरेक टोल बस्तीमा पुगेका नेता नै उम्मेदवार बन्नु चौथो कारण हो यसपाली एमालेले नै जित्छ र मंसिर ४ ओली सरकारको नारा साकार हुन्छ भन्ने जन विश्वास रहनु । यी र यस्तै कारणले नेकपा एमालेका उमेद्वारहरुलाई गाउँ गाउँमा स्वागत हुने गरेकोछ ।


स्थानीयका समस्या यस अघि जस्तै समाधान गर्नु पर्छ , चुनाव जितेपछि सधै फर्केर जनताको अवस्था वुझ्नु पर्छ भन्दै स्थानीय नागरिकहरुले उमेदवारलाई सुझाव दिएका छन । घरदैलोमा पुगेका उमेदवारहरु वलराम अधिकारी र विष्णु पन्थिलाई यसरी स्थानीयले न्यानो मायाका साथ सुझाएका हुन । स्थानीय वृद्ध मनवहादुर बिकले हाम्रो साथी एमाले प्यारो पाटी जनाउदै चुनाबमा हामी साथ दिन्छौ भन्दै ढुक्क साथ अघि बढ्न आग्रह गर्नु भयो ।
त्यस्तै कपिलवस्तु नगर पालिका वडा नं ९का स्थानीय युवा नन्दुलाल चौहानले युवाको साथ रहने भन्दै युवाहरुलाई स्वदेशमै बस्ने बाताबरण हुनु पर्ने माग गर्नु भयो । त्यस्तै अर्का किसान सोमनाथ केवटले किसानहरु मल नपाएर निकै शास्ती भोग्नु परेको भन्दै किसानका समस्यामा ध्यान पुर्याउनु हामी किसान एमालेको साथमा रहेको बताउनु भयो । गाउँ ठाउँको विकास , सडक निमार्ण , सिंचाईको व्यवस्था मिलाउन स्थानीयले माग गरेका थिए । जनताका कुरा सुन्दै क्षेत्र नं १ प्रतिनिधि सभाका उमेदवार वलराम अधिकारी र १ को क प्रदेश सभाका उमेदवार विष्णु पन्थिले एक पटकलाई जिताएर जनताको काम गर्ने अवसर प्रदान गर्न सबैमा अनुरोध गर्नु भएको जिल्ला कमिट सदस्य एवं निर्वाचन परिचालन कमिटिका सहसंयोजक पार्वती पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६