खोज–अनुसन्धान

रुपन्देहीमा एक दम्पति मृत फेला




बुटवल २२ कार्तिक । रुपन्देहीको देवदहमा एक दम्पती घरभित्रै मृत अवस्थामा फेला परेका छन्। देवदह नगरपालिका ५ पाल्पाली टोलमा सोमवार बिहान आफ्नै घरको कोठामा श्रीमान(श्रीमती मृत अवस्थामा फेला परेका हुन्।कोठाभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।
श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बोलिन्द्र केही दिनअघि मात्र वैदेशिक रोजगारीबाट घर आएको स्थानीयले बताएका छन्।श्रीमानले नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६