ब्रेकिंग न्युज

तिहार विशेष सांस्कृतिक साँझ कार्यक्रम भव्य रुपमा सम्पन्न



पशुपति गिरी

कपिलवस्तु, ०८ कार्तिक । वातावरण संरक्षण लागुऔषध दुव्र्यसनी मुक्त वडाको लागि सांस्कृतिक कार्यक्रम भन्ने उद्ेश्यले प्रगतिशिल युवा क्लव वाणगंगा न.पा ८ बोडगाउको आयोजना र नव प्रभात सामुदायिक वन उपभोक्ताको सहयोगमा तिहार विशेष सांस्कृतिक साँझ २०७९ कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रम वाणगंगा नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथ्यता र प्रगतिशिल युवा क्लवका अध्यक्ष डेभीड भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अर्यालले रितिरिवाज चालचलन ,धर्म संस्कृति अमुल्य सम्पति भएकाे बताउनु भएको छ।

उहाँले पछिल्लो पुस्ताले धर्म संस्कृति बिर्सदै गएकाे अवस्थामा यश कार्यक्रमले युवामा नेतृत्व सँगै सामाजिक जिम्मेवारी पनि बहन गरेकाे बताउनु भयाे । साथै क्लवकाे प्रशंसा गर्दै व्यक्तिगत सँगै वडाबाट सहयोग गर्ने स्पष्ट पार्नुभयाे ।त्यसैगरी प्रगतिशिल युवा क्लवका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष डेभिड भण्डारीले हराउदै गएकाे सस्कृतिलाई बचाउन र संस्कृति संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयाेजना गरेकाे बताउनु भयाे। भण्डारीले यस्ता कार्यक्रम अहिले सम्म नभएको र याे क्लबले सुरूवात गरेको भन्दै कार्यक्रम सफल बनाउन लाग्ने तथा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभयाे।उक्त कार्यक्रममा नव प्रभात सामुदायिक वनका अध्यक्ष डिल्ली रेग्मीको विशिष्ट अतिथी र डिल्लीराज पाण्डेकाे सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ आधुनिक गायक हेमन्त शर्मा,हास्य कलाकार पुर्खे बा ,गायक अर्जुन मिश्र ,खेम चौधरी,साहिल अर्याल ,आशिर्वाद ब्यान्ड साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहको थियो ।

प्रकाशित : ८ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६