ब्रेकिंग न्युज

झण्डा गुणस्तरको पर्याबाची नाम ,किन हराउदै गयो त ? : मेयर अर्याल



बिकास थापा
कपिलवस्तु १४ असोज ।झण्डा माबि भन्ने बित्तिकै राम्रो पढाई हुन्छ भन्ने पर्याबाची नाम रहेपनि अहिले भने गुणस्तरमा केही कमजोरी देखिएको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । बाणगंगा ५ स्थित झण्डा माबिले आयोजना गरको सहयोगिदाता सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले शैक्षिक स्तर बढाउन सञ्चालक समिति र प्रध्यानध्यापक सक्रिय भएर बिद्यालयको स्तरलाई पहिलेको गतिमा पुराउन सुझाब दिनुभयो । भौतिक निर्माणमा सुधार हुदै गईरहेको अवस्थामा बिद्यार्थी संख्या थप बढाउदै लैजान आवश्यक रहेको उहाको भनाई छ ।

यस्तै कायर्यक्रमा बोल्दै बिद्यालयका संस्थापक प्रध्यानध्यापक झबिलाल पोख्रेलले भौतिक संरचनालाई मात्र ध्यान दिएर गुणस्तर राम्रो छ भन्न नमिल्ने बताउनुभयो । नगरमा राम्रो संग दरबन्दी मिलानको काम पनि हुन नसकेको बताउदै शैक्षिक क्षेत्रको परिवर्तन हुने गरि जनप्रतिधिलाई लाग्न सुझाब दिदै दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै वडा नं ५ का वडा अध्यक्ष दुनिका भूषालले वडामा रहेका बिद्यालयहरुको सञ्चालक समितिलाई सक्रिय बनाउने गरि योजना भईरहेको बताउनुभयो । वडा भित्रका बिद्यालयको शैक्षिक अवस्थालाई सुधार गर्ने गरि अघि बढ्ने धारणा राख्नुभयो । कार्यक्रममा झण्डा माबिलाई ३ लाख ६० हजारको १२ थान कप्युटर सहयोग गर्ने सहयोगि दाता स्थानिय समाजसेवि कृष्ण बहादुर कार्कीलाई दोसल्ला र सम्मान पत्रका साथमा सम्मान गरिएको छ ।

यस्तै बिद्यायमा १० वटा पानीका धारा सहित स्वच्छ खानेपानीको ब्यवस्था गरिदिने स्थानिय समाज सेवी शंकर न्यौपाने ,बिष्णु न्यौपाने र अक्षयकोष स्थापना गरि गरिब बिपन्न बिद्यार्थीहरुलाई सहयोग गर्ने स्थानिय समाजसेवी सहयोगिदाता कृष्ण बहादुर खत्रीलाई पनि दोसल्ला र सम्मान पत्रका साथमा सम्मान गरिएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल खनालको अध्यक्षता , बाणगंगा ६ का वडा अध्यक्ष करुण टन्डन ,कार्यपालिका सदस्य पिताम्बर बिक, वडा सदस्य नयन कुमारी थारु ,बुद्ध थारु , बिद्यालयका प्रअ कृष्ण टन्डन ,शिक्षक अभिभावक संघका अध्यक्ष भरत कार्की , बिद्यालय सल्लाहकार संयोजक शशि सापकोटा लगाएतको आतिथ्यता रहेको थियो । बिद्यालयका सहायक प्रअ किरण पन्थीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण न्यौपानेले गर्नुभएको थियो

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६