अर्थ-वाणिज्य

जिल्ला समन्वय संयन्त्रले बनायो चुनाव लक्षित योजना



कपिलवस्तु १४ असोज । नेकपा एमालेको जिल्ला जनसंगठन समन्वय संयन्त्र कपिलवस्तुको दोस्रो विस्तारित वैठक मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको छ । वैठकलाई सम्बोधन गर्दै पाटीका पोलिटव्युरो सदस्य विमला घिमिरेले मंशिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सबै जनवर्गिय संगठनहरु उच्च सकृयताका साथ लाग्नु पर्ने बताउनु भयो । केपी ओली सरकारले गरेका महत्वपुर्ण कामहरु लिएर जनताको घरदैलोमा जानु पर्ने धारणा राख्नु भयो।कार्यक्रममा बोल्दै पाटी केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश सहइन्चार्ज गिरधारील न्यौपानेले सत्ता गठबन्धन आफ्नै भाडभैलोमा परास्त हुने दावि गर्नु भयो । केन्दिय नेता वलराम अधिकारीले सत्ता गठबन्धन विरुद्ध एमालेले कपिलवस्तुका ३ वटै क्षेत्रमा जित सुनिश्चित गर्ने वताउनु भयो । सोही कार्यक्रममा वोल्दै एमालेका अध्यक्ष डम्मर शर्माले सबै भन्दा ब्यवस्थित संगठन र जनआधारीत उच्च समर्थन एमालेको पक्षमा भएकोले जित्ने काम एमालेकै हुने वताउनु भयो ।
नेता दान वहादुर चौधरीले विगतको आम निर्वाचनमा मधेसमा एमाले पाँचौ शक्ति बनेको तर्क गर्दै स्थानीय तह चुनावमा गठबन्धनसंग लडेर दोश्रो भएको स्पष्ट पार्नु भयो ।यसपाली पहिलो हुन कसैले नरोक्ने उहाले प्रष्टाउनु भयो । नेता झविलाल पोखरेलले अवको चुनावमा सत्ता गठबन्धलाई क्लिन स्वीप गरेर एमाले कपिलवस्तुले नयाँ इतिहास रच्ने दावि गर्नु भयो ।सचिव सिवि गहतराजको संचालन र उपाध्यक्ष विश्राम थारुको स्वागतमा भएको बैठकमा एमालेका २२ वटा जनसंगठनका पदाधिकारी र प्रदेश तथा केन्द्रका नेता सहभागि थिए । सो बैठकले जनसंगठनलाई एमालेका उम्मेदवारको माहोल वनाउन योजना वद्ध कृयासिल हुन आवहान गरेको छ ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६