अन्तर्राष्ट्रिय

२ देशका सुरक्षा अधिकारीले कस्तो बनाए सीमा सुरक्षा योजना ?



काठमाडौँ, १४ असोज । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले बैठकको नेतृत्व गर्नुभएको थियो ।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउने, दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्नेलगायत सहमति भएको छ ।दुई सुरक्षा अधिकारीबीच भएको हस्ताक्षरमा सीमा नाकामा ‘हेल्प डेस्क’ स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति पनि भएको सशस्त्र प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।(रासस)

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६