खोज–अनुसन्धान

लुम्विनीमा अलपत्र विधुतीय बस भोलीदेखि नि:शुल्क रुपमा संचालनमा आउने




भैरहवा १२ असोज ।लुम्बिनीमा बिहीबारदेखि विद्युतीय गाडी सञ्चालनमा आउने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका हुन् । गृहमन्त्रीको निर्देशन लगत्तै बुधबार भैरहवामा बसेको लुम्बिनी बिकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायसँग सम्बन्धित सघं–सस्थाको बैठकले विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको हो । तत्काललाई ५ वटा बस सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृहमन्त्रीको पहलमा विभिन्न रुटमा ५ वटा बस सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनले विद्युतीय बसका लागि आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको बताए । थन्किएका बसहरू निःशुल्क रूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल