प्रदेश

रुपन्देहीमा कर्कट पाता उत्पादन गर्ने उद्योग स्थापना



भैरहवा ११ असोज । रुपन्देहीको सियारीमा कर्कट पाता उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । सियारी–३ बोहरवामा युवा उद्योगी अजय जयसवालले शिवपुजन स्ट्रिप्स प्रालि उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
पश्चिम नेपालमै नौलो प्रविधि र बढी उत्पादन क्षमता भएको कर्कट पाता उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उद्योगको एक कार्यक्रमका बीच सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, सञ्चालक अजय जयसवालले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।
शिवपूजन स्ट्रिप्स प्रालिले सिजिआई रुफिङ सिट ९कर्कट पाता० र एचस्पान सिटको उत्पादन सुरु गरिएको प्रालिका सञ्चालक अजय जयसवालले जानकारी दिनुभयो ।
सिजिआई रुफिङ सिट ९कर्कट पाता० र एचस्पान सिट बनाउने उद्योग पश्चिम नेपालमै पहिलो रहेको प्रालिका सञ्चालक जयसवालले बताउनुभयो । उहाँले यसका साथै निकट भविष्यमा स्टिल टङ्की उत्पादन गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
करिब ३५ करोड लगानीमा सञ्चालनमा आएको उद्योगले २७ जनालाई प्रत्यक्ष रोजगारी दिएको प्रालिका महाप्रबन्धक माइकल जयसवालले जानकारी दिनुभयो ।
उद्योगको प्रति दिन १०र१० टन सिजिआई रुफिङ सिट र एचस्पान सिट उत्पादन गर्ने क्षमता रहेको र यसले पश्चिम नेपालको मागलाई सम्बोधन गर्न सक्ने प्रालिका राष्ट्रिय बजार प्रबन्धक प्रेमबहादुर चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६