खोज–अनुसन्धान

कपिलवस्तुवाट नयाँ सन्देश प्रवाह : प्रेस चौतारीको लुम्बिनी प्रदेश प्रचार भेला

एमालेले जित्दा मात्र देशले जित्छ : नेता विश्वकर्मा



पार्वती पाण्डे
कपिलवस्तु१० असोज ।लुम्बिनी प्रदेशको प्रचार भेला तथा प्रशिक्षण कपिलवस्तुको चन्द्रौटामा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल विश्वकर्माले देशभरका युवाको आकांक्षा पुरा गर्न नेकपा एमालेलाई जिताउनुको बिकल्प नरहेको बताउनु भयो । युवालाई स्वदेशमै रोजगारी दिलाउन र समग्र देशको समृद्धिका लागि आउने मंशिर ४ गते प्रदेश र संघको निर्वाचनमा एमालेलाई भारी मतले जिताउनु पर्ने धारणा राख्नु भयो । उहाँले अगाडि भन्नु भयो , देशभर एमालेमा आउनेको लर्को छ , जसको संकेत जितको लक्षण हो । देशभर सबैलाई जोडेर लैजाने एमालेको अभियान हो , पाटीमा आउनेलाई स्वागतका साथ राखिने छ , नेता विश्वकर्माले भन्नु भयो ।
एमालेले सबै कार्यकर्ताको मनोभावना वुझेर टिकट बितरण गर्ने बताउनु भयो । पाटीले गरेको निर्णयलाई आफु उमेदवार परे पनि नपरे पनि अक्षरस पालन गर्दै एमालेलाई जिताउन सबै लाग्नु पर्ने उहाँको धारणा थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका धेरै राम्रा काम छाँयामा परेको भन्दै नेता विश्वकर्माले राम्रा काम पाटीको एजेण्डा लिएर सबै कार्यकर्ता , नेता जनताको घरदैलोमा जानु पर्ने प्रष्ट्याउनु भयो । कार्यक्रममा राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख शुसिल ज्ञवालीले ३ वर्ष केपी ओली सरकारमा रहदा गरेका कामको बारेमा प्रशिक्षण दिनु भएको थियो । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ऐतिहासिक रुपमै दुरगामी महत्वका कामहरु भएको विकास विज्ञ ज्ञवालीले बताउनु भयो । ओली नेतृत्वको सरकारले २०७६ वैशाखमा भारतको सरकारी कम्पनी कोनंकन रेल्वेज कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो ।
८४ करोड ६५ लाखको लागतमा रेल किन्ने सम्झौता गरिए अनुरुप रेल सञ्चालनमा आएको छ । जनकपुर–जयनगर रेलमात्र नभई ओली सरकारले पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण छिमेकी जोड्ने रेलमार्ग, काठमाडौं उपत्यकाभित्र रेललगायतका योजनाहरु पनि अघि सारेको हो ।ओली सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण अघि बढाउने, काठमाडौं र अन्य सहरमा मेट्रो र मोनो रेल सञ्चालनको लागि सम्भावता अध्ययन गर्ने, पूर्वपश्चिम रेलमार्गको निर्माण काँकडभिट्टाबाट सुरु गर्ने कुरा बजेटमा नै उल्लेख गरेको थियो । प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेको बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना ओलीको दोस्रो कार्यकालमा सम्पन्न भएको उहाँले जनाउनु भयो ।

दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७५ भदौ २४ देखि सञ्चालनमा आएको जनाउनु भयो ।ओली नेतृत्वको सरकारले पोखरा, भैरहवा र बाराको निजगढमा एकैसाथ अन्तराष्ट्रिय विमानस्थलहरु बनाउन शुरु गरिएको थियो । एमाले सरकारकै पालामा नेपालको सुदुर पूर्व र सुदुर पश्चिम जोड्ने पुर्व–पश्चिम राजमार्गलाई विस्तार गर्न तिव्र रुपमा जुटेको थियो ।


दुई लेनको पूर्वपश्चिम राजमार्ग कतिपय ठाउँमा ४ लेन र कतिपय ठाउँमा ६ लेनको बनाईँदै छ । अहिले राजमार्ग विस्तारको काम खण्ड–खण्ड गरि अघि बढाइएको छ । नौबिसे–काठमाडौं सुरुङ्ग निर्माण ,मदन भण्डारी राजमार्ग निर्माण , पुष्पलाल राजमार्ग (मध्यपहाडी)पुरा हुँदै लगायतका महत्वपुर्ण कामहरु भएको प्रशिक्षणमा जानकारी गराइएको थियो । कार्यक्रममा आइटि विभाग प्रमुख रोमाकान्त पाण्डेले सामाजिक सञ्जालको प्रयोग र चुनौतीका बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख डि.आर घिमिरे , प्रदेश कमिटि सदस्य एवं पेश चौतारीका लुम्बिनी प्रदेश इन्चार्ज मोहन चापागाई , चौतारीका केन्द्रीय उपाध्यक्ष सबिन प्रियासन , चौतारीका पुर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाई , चौतारीका लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थि लगायतले निर्वाचनलाई निष्पक्ष बनाउन र असल उमेदवारलाई जिताउन मिडियाको ठुलो भुमिका हुने बताउनु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो।

प्रकाशित : १० आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६