जीवनशैली

सत्ता गठबन्धनले बनमा पनि एमालेलाई हराउन सकेन




रूपन्देही ९ असोज । नेपालकै ठूलो मानिएको रूपन्देहीको बुटवलस्थित चारापाला सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वको लागि शुक्रबार भएको निर्वाचनमा सत्ता गठबन्धनलाई पराजित गर्दै एमाले समर्थित जगतनाथ पौडेल निर्वाचित भएका छन् ।वनको ९ औं अधिवेशनमा एमाले नेतृत्वको प्यानल नैं विजयी भएको हो । सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार घनश्याम चालिसेलाई ५ मतले पराजित गर्दै अध्यक्षमा पौडेल निर्वाचित भएका हुन् ।पौडेलले १६४ ल्याउँदा चालिसेले १५९ मत मात्र ल्याउन सके । त्यस्तैगरी उपाध्यक्षमा रामकुमार १५७ मतका साथ विजयी हुँदा प्रतिष्पर्धी १५२ मत ल्याए ।
त्यस्तैगरी सचिवमा दुर्गा पाठक पाण्डे १५८ मतका साथ विजयी भएकी छिन् । उनका प्रतिष्पर्धी रीता पौडेलले १४८ मत ल्याइन् । सहसचिवमा कमलप्रसाद अधिकारी १४३ मतका साथ विजयी हुँदा उनका प्रतिष्पर्धी रामप्रसाद पाण्डे १२४ मत ल्याउन सके । कोषाध्यक्षमा राजु गौडेल १५५ मतले विजयी भए भने उनका प्रतिष्पर्धी रुद्र प्रसाद शर्मा १३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत प्रकाशमणि खनालले जानकारी दिए ।त्यस्तैगरी सदस्यमा कूलबहादुर विक, नरबहादुर विक पुनम थापा राई, कल्पना आचार्य र धन कुमारी थारू निर्वाचित भएका छन् ।

लेखा समितिको संयोजकमा चुडामणि पौडेल र सदस्यहरु कृष्णप्रसाद घिमिरे, राधा घिमिरे र सीता कुँवर छन् । राधा र सीताको मत बराबर आएको छ भने न्यायिक समिति संयोजकमा पूर्णप्रसाद काफ्ले र सदस्यमा जग बहादुर थारु र देवी न्यौपाने रहेका छन ।१४ हजार उपभोक्ताबाट १६ उपसमिति अन्तर्गत छनौट भएका ३३६ जना परिषद सदस्यले मतदान गरेका थिए । जसमा ३३३ मत खसेको थियो । नवनिर्वाचितअध्यक्ष पौडेलले विकास विकाससँगै गरिबी निवारण आफ्नो प्राथामिकता रहेको बताए । वनको क्षेत्रफल १ हजार १० हेक्टर रहेको छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६