खोज–अनुसन्धान

कपिलबस्तुमा भएका ३ दुर्घटनामा ३ को ज्यान गयो ३२ घाईते

ससुराली आएका ज्वाइले वाटो काट्दा ज्यान गुमाए




कपिलवस्तु ८ असोज । कपिलवस्तुमा शनिवार भएका तीनछुटछुटै दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने ३२जना घाइते भएका छन् । प्रहरीका अनुसार कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।काठमाडौंबाट दाङतर्फ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र ना ५ ख ५६६५ नम्बरको ट्रक शनिबार दिउँसो ३ बजे एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । ट्राफिक प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले १ जनाको मृत्यु भएको जानकारी दिनुभयो । घाइतेमध्ये २० जनाको स्थानीय बुद्धपोली क्लिनिक र ११ जनाको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । ट्रक चालक घाईते भएका छ भने बस चालक प्रहरी नियन्त्रणमा छन् ।
यसैबिच पश्चिमबाट पुर्वतर्फजाँदै गरेको ना ८ख ३८२९ नम्वरको कन्टेनर ट्कको ठक्करबाट शिवराज नगरपालीका ३ नहरचोकमा ससुराली आएका गुल्मी जिल्ला घर भएका अन्दाजी वर्ष ३४ का बम बहादुर थापाको सडक पार गर्ने क्रममा मृत्यु भएको भएको छ । त्यसैगरी सोही सडक खण्डको शिवराज नगरपालिका ५ खैरी स्थीत राजमार्गमा बलेरो जिपर मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व तर्फ गइरहेको बाग्मती प्रदेश ०१, ०२५ च ९२४४ नम्बरको वलेरो र विपरित दिशाबाट आइरहेको लु ५७ प ५८०३ नम्बरको मोटरसाइल ठोक्किएको जिल्ला टा्फिकप्रहरी कार्यालय गोरुसिँगेका प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सीनाले जानकारी दिनुभयो । दुर्घटनामा बाइक चालक अन्दाजी ४५ बर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधनभएको छ । घटनामा संग्लनलाई नियन्त्रणमा लिइ थप नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।फाइल तस्बीर

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६