अन्तर्राष्ट्रिय

बिदेशी पर्यटकलाई होटल र ट्राभलमा शतप्रतिशत निशुल्क




भैरहवा ८ असोज ।विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी प्रदेशमा २७ सेप्टेम्बर अर्थात असोज ११ गते आउने विदेशी पर्यटकलाई विशेष अफर दिने गरी सरोकारवालाले प्याकेज घोषणा गरको छन् । ‘पर्यटनकोलागि पुर्नविचार’ गरौं भन्ने मुल नाराका मनाउन थालिएको विश्व पर्यटन दिवसलाई विशेष महत्व दिदै पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाईमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थाको सहकार्यमा त्यस्तो प्याकेजको घोषणा गरिएको विश्व पर्यटन दिवसलाई सफल पार्न पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठीत विश्व पर्यटन दिवस मुल समारोह समितीले कार्यक्रमबारे जानकारी दिन नेपाल र भारतका पत्रकारहरु सहभागी गराई पत्रकार सम्मेलन समेत गरेकोछ ।

पर्यटनकोलागि पुर्नबिचार गरौ ( रिथिंङकीङ टुरिज्म) भन्ने अभियानका साथ विश्वभर यस बर्ष सेप्टेम्बर २७ अर्थात आगामी असोज ११ गते विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।सोहि अनुसार लुम्बिनी प्रदेशमा पनि पर्यटक विशेष कार्यक्रम गर्न थालिएको पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी प्रमुख रामु जोशिले बताए । असोज ११ गतेका दिन स्थल मार्ग हुदै बढी पर्यटक भित्रीने बेलहिया र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल भैरहवामा सबैभन्दा पहिले आउने विदेशी चारजना पर्यटकलाई सम्मान गर्ने तथा होटल र ट्राभलमा शतप्रतिशत निशुल्क उपलब्ध गराउने गरी पर्यटन व्यवसायीले समेत पर्यटनमैत्री प्याकेज घोषणा गरेका छन् ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६