अर्थ-वाणिज्य

प्रदेश राजधानी भालुवाङ जोड्ने सडक ३ दशक सम्म सम्पन्न नहुदाको पीडा




कमला घिमिरे
कपिलवस्तु ७ असोज । अर्घाखाँचीको दक्षिण विकट गच्छे, धनचौर, जलुके लामा ताल हुँदै भालुबाङ्ग सम्म जोडिने झन्डै ५५ किलोमिटर सडक निर्माणको काम तीन दशक सम्म सम्पन्न नहुँदा स्थानीयले सास्तीपाएका छन् । भालुबाङ्गमा प्रदेश राजधानी बनेपछि चर्चा कमाएको यस सडकको विचविचमा ठुला खोला भएका कारण ट्याक्क खोल्न समस्या हुँदा यस भेगमा स्थानीयले सास्ती पाएका हुन् । बर्षायाममा सदरमुकाम सन्धीखर्क जान परे जलुके लामातालका स्थानीय प्युठान, भालुबाङ्ग, गोरुसिंगे हुँदै जानुपर्ने बाध्यता छ ।
तीनदशक पहिला देखी चुनावै पिच्छे यस सडकलाई देखाएर मतदाता आकर्षित गर्ने राजनितिक दलका नेतालाई आसन्न मंसीर ४मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन पनि मत माग्न गतिलो माध्यम बन्ने छ । २ सय ४५ मेगाबाट क्षमताको बहुउद्वेश्यीय नौमुरे जलविद्युत आयोजना समेत यसै सडक खण्ड विचमा परेपनि सडक निर्माणको काममा ढिलाइ भएको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६