खोज–अनुसन्धान

दुर्घटनामा ठूलो क्षेती : रुकुमपूर्वमा ५,मकवानपुरमा ७ को मृत्यू ३७ घाइते




दाङ ६ असोज । एकैदिन दुर्घटनामा ठूलो क्षेती भएको छ । प्राप्त पछिल्लो बिबरण अनुसार रुकुमपूर्वमा ५ र मकवानपुरमा ७ गरी १२ को मृत्यू भएको छ भने ३७ जना घाइते भएकाछन् । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस बिहीबार दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
मृतकको सनाखत हुन बाँकी छ । उनले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताए । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले जनाए ।उनका अनुसार घटनास्थलमा उद्धार कार्य भइरहेको छ । घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि लैजाने पहल भएको छ । नेपाली सेनाको नरसिङ दल गुल्म रुकुमपूर्वका सेनानी बाबुलाल जिसीले घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर ल्याउने तयारी भइरहेको जानकारी दिए ।
यता मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो । काठमाण्डौबाट हेटौँडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६