प्रदेश

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात कम गर्ने बेला आयोः जनार्दन शर्मा




काठमाडौं, ०६ असोज । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको छ ।

यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ । बिहीबार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘नेपालमा पेट्रोलियम प्रयोग हुने गाडी कहिले, कति वर्षमा रोकिन्छ भन्नेबारे अध्ययन गर्दैछौं, यसका लागि राजस्व सचिवको नेतृत्वमा गठन भएको समितिले खाका बनाउने छ ।’ त्यसपछि सरोकारवालाको सुझाव लिएर कार्यान्वयनमा जाने उहाँले जानकारी दिनुभयो ।

अब नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनु पर्ने भन्दै नाडा समेत यसमा तयार हुनु पर्ने अर्थमन्त्री शर्माको सुझाव छ । नेपालको सन्दर्भमा करीव ३ खर्बको पेट्रोलियम इन्धन आयात हुने गरेको सन्दर्भ निकाल्दै अर्थमन्त्रीले १६८ अर्बको डिजेल आयात भएको तथ्यांक सुनाउनु भएको थियो ।

यसले नेपालको डलर विदेशिएको भन्दै वातावरणीय प्रदुषण समेत बढाएको उल्लेख गर्नुभयो। अहिले विश्वभर ग्रिन अर्थतन्त्रको बहस चलिरहेको भन्दै अर्थमन्त्रीले तापक्रम बढ्न नदिने र प्रदुषणबाट उत्पन्न हुने समस्याबाट कसरी बच्ने भन्ने बहस सुरु भएको उल्लेख गर्नुभयो ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६