अर्थ-वाणिज्य

पेट्रोलियम डिलर्स एसोसियसनको अधिबेशन अनिश्चित :पदाधिकारीहरु सस्थाको पैसामा मौजमस्ती गर्दै




पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवलका पदाधिकारीहरूले व्यावसायिक समस्या उठाउनुको साटो आफ्नो कार्यकाल लम्ब्याउँदै विभिन्न ठाउँमा घुम्रे गरेको आरोप लागेको छ । आठौँ अधिवेशनबाट प्रेम न्यौपानेको नेतृत्वको समितिले २०७७ भदैसम्म अधिवेशन गर्नुपर्ने भए पनि विभिन्न बहाना देखाउँदै अधिवेशन सार्दै साधारण पम्प व्यवसायीहरूले तिरको रकमबाट पदाधिकारीहरू घुम्ने काम गरेको आरोप लागेको हो । एसोसिएसनको विधानमा प्रत्येक ३ वर्षमा अधिवेशन गर्नुपर्ने उल्लेख छ । व्यवसायी सदस्यहरूका समस्या ध्यान नदिइन पदाधिकारी विभिन्न जिल्लामा घुम्रे गरेको गुनासो पम्प व्यवसायीहरुले गरेका छन् ।
बुटवलमा प्रधान कार्यालयमा संस्थाको ३ सय १२ सदस्य रहेका छन् । ८ औ अधिवेशनबाट आएका पदाधिकारीहरूले व्यवसायी समस्याहरू ध्यान नदिएर विभिन्न ठाउँमा संस्थाको खर्चमा मोज मस्ती गरेको पूर्व अध्यक्ष राजेन्द्र गुप्ताले बताए ।उनले भने (पदाधिकारीहरू कहिले स्याङ्जाको सिरु वारी,अर्घाखाँचीको नरपानी ,कहिले कपिलवस्तुको जगदीशपुर,रारा ताल जस्ता ठाउँमा घुम्न भएका छन् । तर यहाँ व्यवसायीहरूको एक ट्याङ्करमा २ सय लिटरसम्म तेल कम आएको छ,अन्य समस्याहरू विषयमा आवाज उठाउने काम गरेका छैन ।उनले साधारण सदस्यहरूले उठाएको पैसामा मोज गर्न नमिल्ने र छिटै साधारण सभा गर्नुपर्ने माग राखे । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन अधिवेशनको लागि पटक पटक आग्रह गर्दा समेत सुनुवाइ नभएको व्यवसायी अशोक गुरुङले बताए ।
उनले संस्थालाई लोकतान्त्रिक विधिबाट रोक्ने प्रयास अहिलेका पदाधिकारीहरू गरेको आरोप लगाए । उनले भने हामीले दैनिक तिरेको रकमबाट संस्थाको पदाधिकारीहरूले फजुल खर्च गर्ने तर हाम्रा समस्याहरू विषयमा ध्यान नदिने काम गरेका छन् त्यसपछि धेरै सदस्यहरूको आपत्ति रहेको छ । पदाधिकारी विभिन्न ठाउँमा बैठक र भ्रमणको लागि गएको सङ्घका महासचिव हरे राम कसैधनले बताए ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६