अर्थ-वाणिज्य

निर्वाचन पिच्छे फेरिन्छ प्यूठानको जनमत : यसपाली यूवानेता सूर्य थापाले बाजी मार्लान त ?




प्यूठान ५ असोज ।प्युठान राजनीतिक नेतृत्व जन्माउने जिल्लाका रूपमा चिनिन्छ। नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसाल्ने नेताहरूमध्ये केही प्युठानकै छन्। नेता मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लीलामणि पोखरेल, मणि थापा र सूर्य थापा लगायत कम्युनिस्ट नेता अहिले राष्ट्रिय राजनीतिमा सक्रिय छन्। एमालेका तर्फवाट सूर्य थापा मैदानमा उत्रेर तयारी गरेको ६ महिना बढी भई सकेकोछ । गठबन्धन अझै को हो भन्नेमा स्पष्ट छैन । थापा तर्क र विष्लेषणमा खरो ,प्रष्ट बक्ता, देशले आषा गरेको एक यूवा अनुहारका रुपमा प्यूठानमा पकड राख्ने पहलमा छन् ।
नेतैनेता भएको प्युठानमा चुनावको इतिहास भने रोचक छ।प्युठानको जनमत हरेक निर्वाचनमा फेरिएको हुन्छ। २०१५ सालको आमचुनावमा प्युठानका तीनै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो। त्यसबेला प्युठान उत्तरपश्चिमबाट खडानन्द उपाध्याय, प्युठान मध्यपूर्वमा अनिरुद्र शर्मा र पूर्व दक्षिणबाट पुरुषोत्तम शर्मा विजयी हुनुभयो। २०४६ सालमा बहुदल आएपछि भएका सातवटा निर्वाचनमा लगातार एउटै पार्टीले चुनाव जितेको छैन। जनमत अस्थिर देखिए पनि त्यसयताका सबै निर्वाचनमा कम्युनिस्ट शक्तिकै वर्चस्व रहँदै आएको छ। अहिले पनि ७७ प्रतिशत जनमत वामपन्थीकै पक्षमा देखिन्छ। २०४८ सालको निर्वाचनलाई नेकपा मसालले बहिष्कार गरेकाले प्युठानका दुवै क्षेत्रमा कांग्रेस विजयी भएको थियो। यस जिल्लाको क्षेत्र नम्बर १ बाट कांग्रेसका शिवराज सुवेदी र क्षेत्र नम्बर २ बाट मुक्ति शर्माले जित्नुभयो।
२०५१ सालको मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट पुनः सुवेदी र क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीले जित हासिल गर्नुभयो। २०५६ सालको निर्वाचनमा नेकपा एमालेसँगको तालमेलमा दुवै क्षेत्रमा जनमोर्चाले जित्यो। जहाँ क्षेत्र नम्बर १ बाट हरि आचार्य र क्षेत्र नम्बर २ बाट नवराज सुवेदी दोहोरिनुभयो। २०६४ सालको संविधान सभा निर्वाचनमा मतदाताको मन नेकपा माओवादी केन्द्रतिर ढल्कियो। क्षेत्र नम्बर १ बाट नारायण अधिकारी र क्षेत्र नम्बर २ बाट दीपक केसीले जित्नुभएको थियो।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दुईवटै क्षेत्रमा नेकपा एमाले हाबी भयो। क्षेत्र नम्बर १ बाट एमालेका वामदेव गौतम र क्षेत्र नम्बर २ बाट हीरा केसी विजयी हुनुभएको थियो। त्यस्तै २०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चाको तालमेलमा मोहनविक्रम सिहंकी श्रीमती दुर्गा पौडेलले चुनाव जित्नुभएको थियो। यस पटक पनि प्युठानमा मङ्सिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन निकै रोचक हुने देखिन्छ। सत्ता गठबन्धनभित्र दलहरू चुनावी तालमेल मिलाउने कसरतमा छन्। एमालेले गठबन्धनसँंग प्रतिस्पर्धा गर्न सूर्य थापालाई मैदानमा पठाएको छ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६