अन्तर्राष्ट्रिय

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन




असोज ५, एजेन्सी ।
भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो ।

गएको साउन २५ गते हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उहाँको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । उहाँको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्री वास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष हुनुहुन्थ्यो । सन् २००५ मा द ग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उहाँ चर्चामा आउनु भएको थियो । उहाँले हिन्दी चलचित्रमा समेत अभिनय गर्नु भएको छ ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६