खेलकुद

बाणगंगामा प्रथम मोतिपुर फुलबारी फुटबल कप सुरु, उद्घाटन खेलमा १–० ले चौवाहको जित



बाणगंगा, ०४ असोज ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ७ मा प्रथम मोतिपुर फुलबारी कप, खुल्ला नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । क्लवले विजया दशमि तथा शुभ दिपावलीको अवसर पारेर (आज) मंगलबार देखि फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
मोतिपुर प्रगतिशिल युवा क्लवले आयोजना गरेको प्रतियोगितामा १६ टिम सहभागी छन् । आज सम्पन्न उद्घाटन खेलमा साइनिङ स्टार युथ क्लब बाँसगढी रुपन्देही र सिद्धार्थ गौतम युथ क्लब चौवाह कपिलवस्तु बिच सम्पन्न भएको खेल संयोजक सन्दिप क्षेत्रीले जानकारी दिएका छन् । उद्घाटन खेलामा बासगढी बिरुद्ध एक शुन्यको जित सहित चौवाहले बिजयी सुरुवात गरेको छ । आफ्नो टिमको जितका लागि चौवाहका निरज बिकले एक गोल गरेका हुन । आज भएको खेलमा साइनिङ स्टार युथ क्लब बाँसगढी रुपन्देहीका रविन थापा म्यान अफ दि म्याच भएका छन् ।
यस्तै अब भोलीको पहिलो खेल थ्री ब्रर्दस फुटबल क्लब चप्परगाउँ कपिलवस्तु र आहाना एफसी देवीनगर बुटवल बिच हुने संयोजक क्षेत्रीले जानकारी दिएका छन् । भोलीको दोस्रो खेल लब नेपाल एफसी पिपरा कपिलवतु र पारिजात पब्लीक स्कूल गोरुसिँगे बिच हुने छ । प्रतियोगिता अन्र्तगत भोलीको पहिलो खेल दिउसो १ बजे र दोस्रो खेल दिउसो ३ बजे हुने छ ।
जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने दोस्रो हुने टोलीले नगद ३० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।
उद्घाटन कार्यक्रममा मोतिपुर प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष राजेश उपाध्यायको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी र मोतिपुर खानेपानी उपभोक्त तथा सरसफाई समुहका अध्यक्ष शेषकान्त बेल्वासेको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रम प्रियङ्का थारुको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६