खेलकुद

नवौँ राष्ट्रिय खेलकुदका लागि कपिलबस्तुबाट दुई जना ब्याडमिन्टन खेलाडी छनोट



तौलिहवा, ०४ असोज ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ब्याडमिन्टन खेलाडीहरू छनोट गरिएको छ । जसमा कपिलबस्तुबाट दुई जना खेलाडी छनौट भएका छन् ।
कपिलबस्तु जिल्ला व्याडमिण्टन संघका अध्यक्ष दिनेश हमालका अनुसार जिल्लाबाट ९ जना खेलाडीलाई पठाइएकोमा जसमा राज बर्मा र सुन्दरी थारु छनौट हुन सफल भएको साझा न्यूजलाई बताउनुभयो ।
भैरहवा ब्याडमिन्टन क्लबको हलमा आयोजना गरिएको लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन छनोट प्रतियोगितामा १२ जना खेलाडीहरूलाई छनोट गरिएको प्रतियोगिताका कोर्डिनेटर दिपेन्द्रमान श्रेष्ठले जानकारी दिए । जसमध्ये सात पुरुष र पाँच जना महिला छन् । उनका अनुसार प्रतियोगितामा लुम्बिनी प्रदेशबाट ४७ जना पुरुष र २८ जना महिला गरी ७५ जना ब्याडमिन्टनका खेलाडीहरू सहभागी भएका थिए । छनौट भएका यी खेलाडीहरू पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनेछन् ।
त्यस्तै प्रतियोगितामा पुरुषतर्फ पाल्पाका गणेश रायमाझी, बाँकेका इरफान अन्सारी, रियाज अन्सारी, सरोज अन्सारी, गुल्मीका मनोज फौदार, रुपन्देहीका विश्वास नेपाल छनोट भएको अम्पायर जीवन थापाले बताए। त्यस्तै वैकल्पिकतर्फ दाङका सुरज गुप्ता परेका छन् ।
यस्तै महिलातर्फ बाँकेको सुष्मा श्रेष्ठ, रुपन्देहीको पूजा विष्ट, पाल्पाको दिया शाक्य, सुष्मा बुढा छनोट भएका छन् भने वैकल्पिकमा रुपन्देहीको स्मिता बडुवाल रहेका छन् ।
छनोट भएका खेलाडीहरू नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै ब्याडमिन्टन खेल प्रतियोगितामा सहभागी हुने कपिलबस्तु खेलकुद विकास समितिका अध्यक्ष राजेश कुमार उपाध्यायले बताउनुभयो ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६