ब्रेकिंग न्युज

साहित्यक प्रतिष्ठानको छैटौं अधिवेशन : अध्यक्षको जिम्मेवारीमा पाण्डे



पशुपति गिरी

कपिलवस्तु ,३असौज । वाणगङ्गा साहित्यक प्रतिष्ठानको सत्रौं साधारण सभा तथा छैटौं अधिवेशन वाणगङ्गा मा वि लौगाईमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डे को अध्यक्षता र वाणगंगा मा वि का अध्यक्ष हुमनाथ पाैडेलकाे प्रमुख आतिथ्यतामा रचना वाचन र साहित्यिक विचार आदानप्रदान भएको चुणामणी पाैडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बाणगङ्गा मा वि का अध्यक्ष हुमनाथ पौडेलले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको भन्दै प्रतिष्ठान स्थापना हुनु सान्दर्भिक रहेको बताए । कार्यक्रममा उपाध्यक्ष देवका भण्डारीको स्वागत मन्तव्य , चुणामणी पौडेल को सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।रचना वाचन र साहित्यिक वाचनमा कृष्ण प्रसाद पाण्डे , कृष्ण प्रसाद घिमिरे , मोहन ज्ञवाली , मोहन अधिकारी , राधा पाण्डे , आत्मराम आचार्य , नित्यानन्द पाण्डे लगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए । हुन् । त्यस्तै साहित्यक प्रतिष्ठानकाे बन्द सत्र अधिवेशनबाट अध्यक्षमा ज्याेतिष श्रीकृष्ण प्रसाद पाण्डे चयन भएका हुन्। भने उपाध्यक्षमा देवका भण्डारी , सचिव मोहन अधिकारी , कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपाने, सह सचिब कमला खनाल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा राधा पाण्डे , सारदा पौडेल , पुनाराम गिरी र राधा पाण्डे निर्वाचित भएका छन् ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६