ब्रेकिंग न्युज

“लियो अफ द मन्थ भाद्र” बाट प्रविन गौतम सम्मानित



पशुपति गिरी, ०३ असोज । मानवीय सेवामा “हामी सेवा गर्छाैं ” भन्ने मूल आधारमा बिगत पाँच वर्ष देखि सेवा पूर्याउदै आएको लियो क्लब अफ कपिलवस्तुको लियो वर्ष २०२२ /२३ लाई सफल बनाउनका लागि आफ्नो अमूल्य समय दिएर तथा भाद्र महिनामा उत्कृष्ट कार्य सम्पादन मूल्याङ्कनका आधारमा लियो वर्ष २०२२/२३को दाेस्राे महिनाको “लियो अफ द मन्थ भाद्र” बाट प्रविन गौतम सम्मानित भएका छन् ।चाैथाे नियमित बैठक सम्पन्न गर्दा संस्थाका दाेस्राे उपाध्यक्ष प्रविन गौतमलाई समानित गरिएको हो । उक्त कार्यक्रममा क्लबका अध्यक्ष सागर बन्जाडेले ४ विधामा सबै भन्दा बढी सहयोग पुर्याएको भन्दै गौतम नै यस पटकको सम्मान गर्न योग्य व्यक्ति ठहरीएका बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लियो पुर्व अध्यक्ष पान्डप भण्डारीले “यो बर्ष हामी समाजमा मात्रै परिवर्तन हैन व्यक्तिमा पनि परिवर्तन ल्याउने गरी अघी बढेकाे बताए।

”त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि तथा लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष रामसुवागे थारूले “यसरी नै हरेक महिना लियो अफ द मन्थ बाट सम्मान गर्ने हो भने हामी आफूमा पनि परिवर्तन ल्याउन सक्छौ ।”संस्थाले आयोजना गरेको बैठकमा अन्य ६ वटा एजेन्डा प्रस्तुत भएको र एजेन्डामा महत्त्वपूर्ण निर्णय भएको संस्थाका सचिव दिपक आचार्यले जानकारी गराएका छन् ।सागर बन्जाडेको अध्यक्षतामा सम्पन्न बैठकमा पान्डप भण्डारीकाे प्रमुख आतिथ्यता , रामसुवागे थारूकाे विशिष्ट आतिथ्यता,लियो संयाेजक लायन सन्दिप भट्टराईकाे बिशिस्ट आतिथ्यता , प्रविन गौतम,पशुपति गिरी, मनिष घिमिरे, हरी गैरे,केशव खनाल , सोनु पौडेल, आशिष भट्टराई, श्रीधर पन्थ, सुरज बेल्बासे लगायतका सदस्यहाँरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६