प्रदेश

चार लेनको बन्ने भयो बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक



कपिलवस्तु, ३१ भाद्र । पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक चार लेनमा स्तरोन्नति हुने भएको छ । विश्वबैंक तथा नेपाल सरकारको संयुक्त लगानीमा ६९ किलोमिटर लम्बाइको सडक आगामी वर्षबाट निर्माण अघि बढाइने सडक विभागले जनाएको छ ।

यो सडकको लागत रु ३२ अर्ब हुने अनुमान गरिएको छ । सडक एक सय किमी प्रतिघण्टाको गति सवारी साधन गुड्ने हुने र सडक सुरक्षा तथा वातावरणीय संरक्षणमा विशेष जोड दिइने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए ।

सात पुल निर्माण गरिने र त्यसमध्ये केही पुल आधुनिक प्रविधि र आकर्षक हुने उनले बताए । उनले भने, “बुटवलमा तिनाउ नदीमा सिग्नेचर पुल निर्माण हुनेछ । सडक निर्माणका लागि थप जग्गा अधिग्रहण गर्न नपर्ने भए पनि केही पसल र घरका भाग हटाउनुपर्ने हुनसक्ने महानिर्देशक थापाले बताए ।

सडक स्तरोन्नतिका लागि हाल विश्वबैंक र सरकारबीच आर्थिक सम्झौता हुने चरणमा रहेको छ । सो सडक सन् २०२३ नोभेम्वरमा सुरु भएर सन् २०२६ को नोभेम्वरमा सम्पन्न हुने अनुमान गरिएको छ ।

कूल ३०५ मिलियन (रु ३८ अर्ब) रकम रहेको अक्सेलरेटिङ ट्रान्सपोर्ट एण्ड ट्रेड कनेक्टिभिटी इन साउथ एशिया नेपाल फेज १ अन्तर्गत अघि बढाउन लागिएको हो । यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा भूसंरक्षण विभाग आबद्ध रहनेछन् । विश्वबैंकले विभिन्न राजमार्गको स्तरोन्नतिका लागि सरकारलाई ऋण सहयोग उपलब्ध गराउँदै आएको छ ।

सरकारले पूर्व पश्चिम राजमार्गलाई एशियाली राजमार्गको स्तरोन्नति गरिरहेको छ । चार लेन सडक विस्तार गरी आधुनिक पुलसँगै अण्डर पास, ओभर पास लगायतको निर्माण अघि बढाइएको छ । वन क्षेत्र हुँदै सडकपर्ने स्थानमा वन्यजन्तुमैत्री सडक निर्माण भइरहेको छ । विभिन्न खण्डमध्ये कतै सडक निर्माणाधीन र कतै निर्माणमा जाने चरणमा रहेका छन् ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६