खोज–अनुसन्धान

महिला सशक्तीकरणका लागि महिला सामाजिक उद्यमी उत्सव




बुटवल ३१ भदौ । महिला सशक्तीकरणका लागि उद्यम भन्ने नारासहित लुम्बिनीमा आयोजना गरिएको महिला सामाजिक उद्यमी उत्सव सम्पन्न भएको छ । आर्थिक उपार्जन र आत्मनिर्भरताले मात्रै दिगो महिला सशक्तीकरण हुने निष्कर्ष निकाल्दै बिहीबार सुरु भएको महिला उत्सव सम्पन्न भएको हो ।उत्सवमा देशभरबाट छनोट भएका करिब ४ हजार ५ सय साना किसान तथा उद्यमी महिला सहभागी थिए । सामाजिक उद्यमी महिला सञ्जाल र हेफर इन्टरनेसनलले उत्सव आयोजना गरेका हुन् ।सामाजिक उद्यमी महिला सञ्जालमा ३ लाख १४ हजार साना किसान महिला आबद्ध छन् । उनीहरूले २ सय ५५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था सञ्चालन गरेका छन् ।

त्यसबाट उत्कृष्ट महिला छनोट गरेर उत्सवमा सहभागी गराइएको सञ्जालकी अध्यक्ष पार्वती न्यौपानेले बताइन् । महिलाहरूलाई समूह र सहकारीमा आबद्ध गर्दै आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने लक्ष्यसहित सञ्जालले काम गरेको छ ।उत्सवमा उत्कृष्ट ४ सहकारीलाई पुरस्कृत गरिएको छ । उत्सवमा बोल्दै लुम्बिनी प्रदेशका प्रमुख अमिककुमार शेरचनले ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण र क्षमता विकासबाट आफू प्रभावित भएको बताए । आवश्यकताको पहिचान र समस्यामा सहजीकरण गर्न सक्ने हो भने बेरोजगार भएका र घरको चुलोचौकोमा भुलेका धेरै महिला उत्पादनमा जोडिन सक्ने, उद्यमी बन्ने र जीविका फेर्न सक्ने उनले जनाए ।कार्यक्रममा संघीय सांसद गोकर्ण विष्ट, प्रदेश सांसदहरू, लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखलगायतले उद्यमी महिलाहरूको उत्पादन, बजारीकरण र उद्यम सञ्चालनमा सघाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६