पर्यटन

लुम्बिनी प्रदेशका सरोकारवाला गुल्मीको पर्यटन विकासको अध्ययनमा



गुल्मी २७ भाद्र ।
लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिषदको टोली गुल्मीका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासको लागि सम्भाव्यता अध्यान गर्न आई पुगेको छ । लुम्बिनी प्रदेशको पर्यटन विकास परिषदको नेतृत्वमा बुटवलका बरिष्ठ पत्रकारहरुको टोली पाल्पाको धामिर्क तथा पर्यटकिय क्षेत्रको अध्यान गर्दै गुल्मीको रुरु धार्मिक क्षेत्र अन्तरगत रिडीमा नवनिर्मित तीनमुखे पुलको अवलोकन गरि गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गा टापु सम्म पुगेर पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता अध्यान गरेको हो ।
टोलीले रेसुङ्गाको होटल पौवाको सभाहलमा जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री र रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको बिशेष आतिथ्यतामा अन्तरकृया कार्यक्रमको आयोजना समेत गरेको थियो । त्यहाँबाट फर्किए लगत्तै टोलीलाई गुल्मीको रेसुङ्गा नगरपालिकाकाले स्वागत गरेको थियो । मेयर खिलध्वज पन्थीले कार्यकक्षमा स्वागत गर्दै टोलीलाई रेसुङ्गा धार्मिक क्षेत्रको विकासमा नगरपालिकाले थालेको पहल बारे जानकारी गराए । उनले रेसुङ्गा धर्मिक क्षेत्र गुल्मीको मात्र नभई सिङ्गो देशकै प्रमुख गन्तब्य रहेको बताउँदै त्यसको विकासमा नगरपालिकाले वजेटको कत्ति कमी दिन नहुने उद्घोष गरे ।
मेयर पन्थीले रेसुङ्गा सहित गुल्मीका विभिन्न धार्मिक क्षेत्रहरुमा आन्तरकि र वाह्य पयृटकहरु भित्राउन वर्तमान बुटवल तानसेन तम्घास सडक खण्ड लामो दुरीको र जोखिमपुर्ण समेत भएकोले छोटो दुरीको सालझण्डी खज्र्याङ्ग सडक खण्ड छिटो निर्माण सक्नु पर्नेमा आफु लागेको बताउँदै केहि दिन अघि मात्र नेपाल सरकारबाट डेढ अर्ब बजेट स्वीकृत गराई टेण्डर प्रकृया अगाडी बढेको बताए । त्यस्तै निर्माण कार्य सम्पन्न भएर पनि रेसुङ्गा विमानस्थलमा जाहजको नियमित उठान हुन नसकेको प्रति पत्रकारहरुले राखेको जिज्ञाषमा मेयर पन्थीले तरा एअरसंग कुरा चलिरहेको र दशैं सम्ममा उठडान भर्ने प्रयास गरिएको जानकारी दिए ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६