प्रदेश

राप्ती स्वास्थ्य प्रतिष्ठानमा प्रसूति सेवा निःशुल्क



दाङ, ०१ साउन । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा निःशुल्क भएपछि सेवा लिनेको सङ्ख्या बढेको छ । पछिल्लो एक महिनामा एक सय भन्दा बढी महिलाले निःशुल्क प्रसूति सेवा पाएका छन् । प्रतिष्ठानले बैशाख १ गतेदेखि निस्शुल्क प्रसूति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महिलाको सङ्ख्या पछिल्लो समय बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताउनु भयो । उहाँका अनुसार आईसीयू, भेन्टिलेटर, बच्चाको लागि एनआईसीयू, पीआईसीयू सेवासहित विशेषज्ञ चिकित्सक थपेपछि बिरामीको चाप अस्पतालमा विगतको भन्दा धेरै बढेको हो ।

यस्तै प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले अस्पतालमा बितेको ४ महिनामा सामान्य र जटिल गरेर ९ सय भन्दा बढी महिलाले निस्शुल्क प्रसूति सेवा पाएको जानकारी दिनु भयो । उहाँका अनुसार हाल प्रतिष्ठानमा आएका सुत्केरी महिलाहरुको नर्मल डेलिभरी हुन नसकेको अवस्थामा दैनिक ६ देखि १२ जनाको शल्यक्रिया गरेर बच्चा निकालिँदै आएको छ ।

प्रतिष्ठानमा अहिले मात्रै दैनिक ओपीडीमा विशेषज्ञ चिकित्सकसँग देखाउने बिरामीको सङ्ख्या ७ सय भन्दा धेरै रहेको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले आफू नेतृत्वमा आएपछि प्रसूति सेवा निस्शुल्क गर्ने पहिलो निर्णय गर्नु भएको थियो ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६