खेलकुद

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु



काठमाण्डौ १ भदौ – यसै हप्ता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुरु गरेका छन् ।
कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यास सुरु गरेका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले केन्या भ्रमण गर्दैछ । पुबुदु दासानायकेले सात महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि उनले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताए ।
केन्या भ्रमण गर्न लागेको टोलीमा नेपाल क्रिकेट सङ्घ ९क्यान० ले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै १६ सदस्यीय खेलाडीको घोषणा गरेको छ । अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको पाँच वटा टी–२० र तीन एकदिवसीय शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यू–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तर्गत गएको मार्चमा यूएईसँगको खेलमा समावेश थिए ।
राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्यान्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला अटाएका छैनन् भने अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन् । यस्तै वैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ । वैकल्पिकमा तीव्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिशी र हरिशंकर शाह रहेका छन् ।
केन्यासँगको शृङ्खलाका लागि तालिकासमेत सार्वजनिक भएको छ । पहिलो टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ । यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो सेप्टम्बर ३ र तेस्रो सेप्टेम्बर ५ मा हुने तालिका छ ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६