जीवनशैली

४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध



काठमाण्डौ १ भदौ – सरकारले आजदेखि काठमाण्डौ उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थाल्ने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ । ४० माइक्रोन भन्दा पातला झोला प्रयोग नगर्न नगराउन सम्झाईबुझाई गरिने छ । तर, अटेर गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।
पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनीमा अनुगमन हुनेछ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा अनुगमन गर्ने र अनुगमनको क्रममा नियम पालना नगरेको पाइए कारबाही हुने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताउनुभयो । लामो समयदेखि पातला प्लाष्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भनिए पनि यो कार्यान्वयन हुन भने सकिरहेको छैन । तर, अबदेखि कडाइ गर्ने वातावरण विभागले जनाएको छ ।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी यो नियम बनाएको थियो । तर, त्यही महिना भूकम्प गएका कारण कार्यान्वयन हुन सकेन । गएको वर्ष साउन २८ गते सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेशसमेत दिएको थियो ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६