पर्यटन

विद्युत महशुल नतिर्ने साढे २७ हजारको लाइन काटियो




बुटवल ३१ साउन । लुम्बिनी प्रदेशमा लामो समयसम्म विद्युत महशुल नतिर्ने २७ हजार बढी उपभोक्ताको लाइन काटिएको छ । विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलका अनुसार विद्युत् उपभोग गरेपनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने २७ हजार ५७६ ग्राहकको लाइन काटिएको हो ।जसमध्ये २३ हजार ५७६ उपभोक्ताले महुशल बुझाएर पुनः विद्युत जडान गरेको नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रदेशका प्रमुख नवराज ओझाले जानकारी दिए । लाइन काटिएका उपभोक्ताबाट ५७ करोड ३१ लाख महशुल उठाउनु पर्नेमा पुनः लाइन जडान गर्ने ग्राहकबाट जरिवाना रकम गरी ५८ करोड ९५६ हजार महशुल उठेको ओझाले बताए ।
प्रदेशमा आर्थिक वर्ष २०७८÷०७९ मा १६ लाख ८२ हजार २६७ मेगावट आवर विद्युत खपत भएको थियो । जसबाट १५ अर्ब ९३ करोड १६ लाख ३१ हजार महुशल उठेको लुम्बिनी प्रदेशका प्रमुख ओझाले बताए । गत वर्ष प्रदेशमा विद्युत चुवाहट ११.८९ प्रतिशत रहेको उनले बताए । लुम्बिनीमा ३७ वटा सवस्टेशन रहेका छन् भने ९ हजार ६२६ टान्समिटर रहेका छन् ।
साथै प्रदेशमा ३३ केभि लाइन २ हजार ३४२ किलोमिटर, ११ केभिको ७ हजार ३६३ किलोमिटर र एलटि लाइन २४ हजार २६८ किलोमिटर रहेको छ भने प्रदेशभा ८ लाख ८६ हजार ६१० घरधुरीले विद्युतको प्रयोग गरेका छन् ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६