खोज–अनुसन्धान

एडिबी र सरकारको साझेदारी : १०अर्बमा बन्ने भयो राप्ती करिडोर




देउखुरी ३१ साउन । दाङको देउखुरीमा करिब १० अर्ब लागतमा राप्ती करिडोर निर्माण हुने भएको छ । सहरी विकास मन्त्रालय र एशियाली विकास बैंक एडिबीको संयुक्त लगानीमा निर्माण हुन लागेको करिडोरको सोमबार सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका छन् । दाङको भालुवाङदेखि बाँकेको अगैयासम्म करिडोर बन्ने सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार २१ मिटर चौडाइको करिडोर राप्ती नदीको दुवै किनारमा बन्ने छ ।
नदीको उत्तरी अथवा राप्ती गाउँपालिका क्षेत्रमा ६७।५० किलोमिटर र दक्षिणी अथवा गढवा गाउँपालिका क्षेत्रमा ६८.३० किलोमिटर गरेर कुल १ सय ३५ किलोमिटर क्षेत्रमा कोरिडोर बन्ने श्रेष्ठले बताए । यस करिडोरसँग चारवटा शहरको परिकल्पना गरिएको छ । हाल रहेको पूर्वको भालुवाङसँगै त्यसको पश्चिम तर्फ क्रमशः गढवा, राजपुर र बाँकेको अगैयामा नयाँ ठूला सहरको विकास गरिने मन्त्रालयका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यतामा आधारित नयाँ सहरको परिकल्पना गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन अनुसार नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ सहर बसाइने छ । दाङको राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ तथा दाङकै गढवा गाउँपालिका वडा नं १, २ र ३ को ४ सय ८० वर्गकिलोमिटर क्षेत्रमा पूर्वाधारहरु बनाइने छ । सहरी विकास मन्त्री चौधरीले यो परियोजनाले राप्ती क्षेत्रका जनताको जीवन बदल्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६