अर्थ-वाणिज्य

अनाथ आश्रमका बालबालिका धमाधम फर्काइदै




बुटवल ३१ साउन । सामाजिक सञ्जालको प्रयोगबाट पारिवारिक पुनर्मिलनसमेत हुन थालेको छ । पछिल्लो समय रूपन्देहीका अनाथ आश्रममा आश्रय लिइरहेका १० बालबालिकाको सामाजिक सञ्जालकै माध्यमबाट पारिवारिक पुनर्मिलन भएको छ । वर्षौंदेखि परिवारबाहिर रहेका र आश्रममा बसेका बालबालिकाले परिवार भेट्दा उनीहरूमा खुसीको सीमै छैन । रूपन्देहीमा पाँचवटा अनाथ आश्रम छन । जहाँ ३ देखि २१ वर्षसम्मका १ सय ६८ जना बालबालिका छन् । आश्रमहरूले बालबालिकालाई खाने लाउनेसहित विभिन्न संस्थागत र सामुदायिक विद्यालयमा निःशुल्क अध्यापन गराउने व्यवस्था मिलाएका छन ।
बढ्दो सहरीकरणसँगै अनाथ बालबालिका बढ्न थालेपछि आश्रमहरूले पछिल्लो समय सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोग गरेर बालबालिकाको घरपरिवार र आफन्त खोज्न थालेका हुन्। यसले परिवारबाट हराएका र आश्रमको शरणमा पुगेका बालबालिकाका आफन्त भेटिने क्रम बढेको छ ।रूपन्देहीका विभिन्न अनाथ आश्रमबाट लामो समयदेखि हराएका १० बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ । एक वर्षभन्दा कम समयदेखि परिवारबाट अलग रहेका र अनाथ आश्रममा पुगेका २५ बालबालिकालाई पनि अभिभावकको जिम्मा लगाइएको छ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६