खोज–अनुसन्धान

केन्द्रिय सदस्य खनालले गरे डा. भटराईको साथमा रहन नसक्ने घोषणा




कपिलवस्तु २९ साउन । डा. बाबुराम भटराईले नेपाल समाजवादी पार्टी गठन गर्दै केन्द्रिय सदस्यको जिम्मेवारी दिएका कपिलवस्तुका नेता नारायण खनालले उक्त पार्टी त्याग गरेको घोषणा गरेका छन् । नेकपा (माओवादी) हुँदै आजसम्म साथ दिदैं आएका खनालले डा बाबुराम भट्टराईको साथ छाडेको घोषणा गरेका हुन् ।शनिबार साँझ एक लामो राजनीतिक यात्रा लेख्दै कपिलवस्तुका खनालले डा भट्टराईको साथ छाडेको घोषणा गरेका हुन् ।डा भट्टराईले हालै जनता समाजवादी पार्टीबाट विद्रोह गरी नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।

नेपाल समाजवादी पार्टी गठनसम्म साथ दिदैं आएका खनालले किन एकाएक भट्टराईको साथ छाडे उनले प्रष्ट पारिसकेका छैनन् । यद्यपि उनले अब उप्रान्त डा भट्टराईको साथमा रहन नसक्ने घोषणा गरेका हुन् ।नेता खनाल तत्कालिन माओवादी भित्र देखिएको दुई धार संघर्षमा पनि भट्टराईको साथमा थिए । उनले माओवादीबाट विद्रोह गरी नयाँ शक्ति पार्टी गठन गर्दा समेत खनाल त्यो पार्टीको केन्द्रीय परिषद सदस्य भएर साथ दिएका थिए ।भट्टराई नयाँ शक्तिबाट जसपा हुँदै नेसपासम्म आइपुग्दा निरन्तर साथ दिएका खनालले किन एकाएक उनीसंग सम्बन्ध विच्छेद गरे कौतुहलताको विषय बनेको छ ।बौद्धिक तथा वैचारिक नेता समेत रहेका खनालले आफ्नो फेसबुकवालमा आजसम्म गरेको राजनीतिक यात्राबारे प्रष्ट पारेका छन् ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६