बिजनेस

भदौ ७ मा किन राखे ४ पार्टीले नेपाल बन्द




बुटवल २९ साउन । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोध गर्दै नेपाल बन्द लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव आहुती, नेकपा(माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ले शुक्रबार साँझ एक बिज्ञप्ति जारी गर्दै संघर्षको घोषणा गरेका हुन।
नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीद्वारा जारी बिज्ञप्तिमा देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुंदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्ब संघषर्का कार्यक्रमहरु सञ्चालन गर्दै आएको उल्लेख गर्दै सरकार गैरजिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको ठोकुवा गरिएको छ।
साथै बिज्ञप्तिमा राज्यको यस्तो रवैयाको कडारुपले निन्दा गर्दै यथासिघ्र एमसिसि र एसपिपि, पक्राउ पुर्जी र झुठ्ठा मुद्दाको खारेजी,संपूर्ण बन्दीको रिहाई र आकासिदो महङ्गी नियन्त्रण गर्न माग गरिएको छ।४ कम्युनिस्ट पार्टीद्वारा घोषित संघर्षका कार्यक्रमअन्तर्गत भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोधसभा,काठमाडौँ उपत्यकाकोमाईतिघर मण्डलामा केन्द्रीत विरोधसभा, भाद्र ६ गते देशव्यवपी मशाल जुलुस, भाद्र ७ गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको छ।सरकारले ३ बुदे सहमति वेवास्ता गरेपछि दलहरू आक्रोशित भएका छन्। केपी वली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपालाई ३ बुदे सहमति गरी खुला प्रक्रियामा ल्याएको थियोे।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६