अर्थ-वाणिज्य

हरेक पालिकामा एकिकृत ग्रीलग्राम स्थापनामा सरकाले सघाउनु पर्छ:पूर्व अर्थमन्त्री पौडेल




बुटवल २८ साउन । विकास निर्माणकालागि अत्याबश्यक मानिएको ग्रील जन्य सामाग्रीको एकिकृत ग्राम हरेका पालिकामा हुनुपर्ने एमालेका उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री विष्णु पौडेलले वताउनु भएको छ । उहाले ग्रील तथा स्टील ग्रील तथा स्टील व्यवसायीहरुलाई हरेक पालिकामा व्यवस्थित एकिकृत ग्रील ग्राम स्थापना गर्न सरकारले सहयोग गर्नुपर्ने मागमा यस्तो वताउनु भएको हो । छरिएर व्यवसाय गर्दा अव्यवस्थित,अस्वस्थ प्रतिस्पर्धा र दर्ता विना चलेका व्यवसायबाट राज्यको कर छली भएकाले ग्रील ग्राम आवश्यक भएको व्यवसायीको माग छ।
पुर्व अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीहरुका माग जायज भएको भन्दै सबै माग सम्बोधन गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ग्रील ग्राम सम्बन्धी अन्तरक्रियामा व्यवसायीहरुले रुपन्देहीका संघीय सांसद र स्थानीय तहका प्रमुख समक्ष ग्रील ग्रामको माग गरेका हुन्।
स्थानीय तहमा रहेका खाली वा उपयोगविहीन जग्गाको सदुपयोग गरी ग्रील ग्राम स्थापना गर्न सके वातावरणीय र शहरी सौन्दर्यका हिसाबले नमूना हुनुका साथै मूल्यमा एकरुपता भई उपभोक्ता समेत लाभान्वित हुने व्यवसायीको भनाई छ। ग्रील ग्राम नहुंदा विना दर्ता सञ्चालित झोले व्यवसायीका कारण राज्यलाई कर तिर्ने व्यवसायीहरु संकटमा परेको र राजयको ठूलो मात्रामा कर गुमेको व्यवसायीको गुनासो छ।
व्यवसायीहरुले वर्षौंदेखि ग्रील ग्रामको माग गरेपनि सुनुवाई नभएको गील तथा स्टील व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष अशोक वर्माले गुनासो गरे। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्र निर्माणमा ग्रील तथा स्टिल व्यवसायीको योगदान महत्वपूर्ण रहेको भन्दै व्यवसायीका माग पूरा गर्न आफूले पहल गर्ने बताए।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसायीका माग उचित रहेका भन्दै छलफल गरेर माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए। रुपन्देहीमा ४ सय ८५ ग्रील उद्योग सञ्चालनमा रहेका र ५ हजार बढीले रोजगारी पाएका तथा वार्षिक २ अर्ब ४० करोडको कारोबार हुने गरेको संघका अध्यक्ष मोहन भट्टराईले जानकारी दिए।
देशभर ११ हजार उद्योगमा एक लाख ६० हजारले रोजगारी पाएका र वार्षिक ६५ अर्बको कारोबार हुने गरेको ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले जानकारी दिए। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तुलजी सारु,द्वितीय उपाध्यक्ष दिलबहादुर सुनार,सल्लाहकार लेखनाथ पौडेल लगायतले व्यवसायीका हक अधिकारका लागि एकतावद्ध हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने तीनजना छात्रछात्रालाई पुरस्कृत गरिएको थियो।

प्रकाशित : २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६