अर्थ-वाणिज्य

गुप्तचरमा पनि काङ्ग्रेस माओबादी गठबन्दन



राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) मा दलीय भागबन्डा पुर्याएर बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले देशको अनुसन्धान विभागमा दरबन्दी थपेर एआईजी बढुवा गरेको हो ।

सरकारको यो निर्णयसँगै गत ३ साउनबाट एक एआईजी रिक्त रहेको गुप्तचरले बढुवामा भागबन्डा नमिलेपछि अर्को एक एआईजी दरबन्दी थप पाएको छ । जसअनुसार डीआईजीद्वय हुतराज थापा र ओम जोशी एआईजीमा बढुवा हुनुभएको छ ।

एआईजी बढुवामा सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीलाई र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई एआईजी बनाउनु भएको छ।

प्रकाशित : २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६